सङ्खुवासभा— सङ्खुवासभामा हरेक वर्ष बाढीपहिरोका कारण जनधनको क्षति हुने गरेको तथ्याङ्क छ। 

जिल्लाका विभिन्न स्थानमा वर्षेनी विपद्बाट धेरै नागरिकले ज्यान गुमाउनाका साथै ठूलो आर्थिक क्षतिसमेत हुने गरे पनि पीडित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि राज्यको ध्यान पुगेको  छैन। 

पछिल्लो समय जताततै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ। विगत १० वर्षयताको तथ्याङ्क हेर्दा एक सय सातवटा पहिरोबाट १६ जनाको ज्यान गएको छभने १९ जना बेपत्ता छन्। 

बाढीका कारण पाँचजनाको मृत्यु र १९ जना बेपत्ता भएका तथ्याङ्क छ। विसं २०७० देखि २०८१ असारसम्म सङ्खुवासभामा दर्जनौँ बस्ती विस्थापित भएका छन्। विसं २०८० असार २ गते हेवाखोलामा बाढी आउँदा हाइड्रोपावरमा कार्यतर १७ जना बेपत्ता भएका थिए। त्यस्तैगरी, विसं २०७७ असार २७ गते राति आएको पहिरोले सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा ११ जना बेपत्ता बनाएको थियो। 

आज जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो। जिल्लामा तीनवटै सुरक्षा निकायमा खोज तथा उद्धारका लागि २९ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति रहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए। 

यस वर्षको मनसुन गत जेठ २८ गतेदेखि सुरु भएकाले मनसुनबाट हुने क्षतिलाई कम गर्न, तत्काल खोज तथा उद्धार गरी राहत वितरण एवं पुनःस्थापनालाई प्रभावकारी बनाउने निर्णय गरिएको प्रजिअ खड्काले बताए। उनका अनुसार जिल्लाका ७६ वडामध्ये ३६ वडाले बाढीपहिरोको क्षति बेहोर्नु परिरहेको छ।

गत जेठ ३१ गते आएको अविरल वर्षासँगैको पहिरोले तीन घर बगाएको थियो भने दुई दर्जन बढी घर विस्थापित भएका छन्। खाँदबारी–११ आङ्लास्थित कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिराले बगाएको हो। 

पहिरोले उत्तर दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ। कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ।  यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडक खण्डमा पर्दछ। पानीले सडकमा करिब एक करोडको क्षति पारेको सडक कार्यालयले जनाएको छ। 

मनसुनजन्य प्रकोपबाट दुईजनाको मृत्यु र छजना बढी घाइते भएका छन् । बाढीपहिरोका कारण तीनवटा पक्की पुलमा क्षति पुर्‍याएको प्रजिअ खड्काले जानकारी दिए। उनका अनुसार बाढीपहिरोले खाँदबारी नगरपालिकामा खानेपानीको मुहान र विद्युत पोलमा क्षति पुगेको छ। 

यही जेठ २१ गते वर्षासँगै आएको बाढीपहिरोले भोटखोला–४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको क्याम्प र दुईवटा गाडी समेत पहिरोले क्षति पुर्‍याएको छ। पहिरोले भोटखोला–४ स्याक्सिलागोलामा आधारभूत स्वास्थ्य चौकी, स्वास्थ्य उपकरण क्षति हुँदा लाखौँ बराबरको भौतिक क्षति भएको प्रजिअ खड्काको भनाइ छ। 

पहिरोले भोटखोला–४ मा निर्माणाधीन पाँच शय्याको अस्पताल र सोही वडाको सेम्बुङमा रिदर ज्याबु भोटे पुरिएको छ। जिल्ला प्रशासन कार्यालयले बेपत्ता नागरिकको परिवारलाई मृतक सरह राहत रकम प्रदान गरेको छ। बर्सातको समयमा बाढीपहिराले सयौँ क्षेत्रफल खेतीयोग्य जमिन बगाउने गरेको छ भने बस्तीसमेत बगाउने गरेको छ। 

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version