काठमाडौं। कपाल उमार्ने, झर्नबाट रोक्ने भन्दै महँगो शुल्क लिएर बिक्री गरिँदै आएको श्री केश तेलको मुख्य कार्यालयमा काठमाडौं महानगरले छापा मारेको छ।

बिनाअध्ययन जडीबुटीयुक्त तेल उत्पादन गर्दै महँगो शुल्क लिएर तेल बिक्री गरिरहेको भन्दै कम्पनीको आलोचना भइरहेका बेला महानगरले कार्यालयमा छापा मारेर तत्कालका लागि बिक्री वितरण बन्द गराएको हो।

काठमाडौं महानगर राजस्व विभागका प्रतिनिधि टंकप्रसाद बरालले आइतबारबाटै तेल बिक्री वितरणमा रोक लगाएको बताए। ‘श्री केश तेलको विषयमा जनगुनासो बढेपछि महानगरले अध्ययन गर्दा केही गल्ती भेटिएको छ’, बरालले भने, ‘थप अध्ययनका लागि केही स्याम्पल लिएका छौं। केही दिनभित्रै रिपोर्ट सार्वजनिक गर्छौं।’


दर्ता प्रक्रिया ठिक भए पनि तेलको गुणस्तर कस्तो छ भन्ने विषयमा अध्ययन गरिन लागेको उनले जानकारी दिए। जनतालाई महँगोमा तेल बेचिरहेको भन्दै त्यसलाई महानगरले नियमन गरेको उनको भनाइ छ।

तीन दिनका लागि बिक्री वितरण नगर्न र महानगरले सोधेको स्पष्टीकरण बुझाउन समय दिइएको ३१ नम्बर वडाका वडा सदस्य अप्सरा सन्जेल खनालले जानकारी दिए।

सप्तऋषि आयल एन्ड कस्मेटिक प्रालिले उत्पादन गर्दै आएको श्री केश तेल एक बोतल तेल ३ हजार रुपैयाँमा बिक्री वितरण गर्दै आएको छ। महानगरले कार्यालयमा रहेको बोर्डसमेत हटाएको छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version