काठमाडौं- गएको जेठ महिनामा घरजग्गा कारोबारमा उत्साहजनक सुधार देखिएको छ। आगामी मौद्रिक नीतिमार्फत कारोबारमा केही सहज हुने अनुमानसहित घरजग्गा कारोबारमा उत्साह देखिएको हो।


भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेठ महिनामा ६१ हजार १ सय ६१ लिखत पास भएको छ। गत वर्ष जेठमा ५५ हजार ६९ लिखत पास भएकोमा यो वर्ष बढेको हो।


गएको बैशाखमा घरजग्गा कारोबार ४९ हजार ७ सय ८३ लिखत पास भएको थियो। बैशाखमा भन्दा जेठमा लिखत पास ११ हजार ३ सय ७८ ले बढी हो।


चालु आर्थिक वर्षको ११ महिनामा ४ लाख ९६ हजार ९ सय २३ लिखत पास भएको छ। गतवर्षको ११ महिनामा ४ लाख १८ हजार ८ सय ३७ लिखत पास भएको थियो।


पछिल्लो समय मूल्य घट्दै गएका कारण गत वर्षभन्दा कारोबारमा केही सुधार देखिएको हो। मूल्य घटेर पनि कारोबार केही बढेका कारण सुधार देखिएको अनुमान गरिएको छ। पछिल्लो समय जग्गा होल्ड गरेर बस्नेहरू बैंकको किस्ता र ब्याजको चेपुवामा पर्दै गएपछि अझै धेरै प्लटहरू बिक्रीमा आइरहेका छन्।

यता सरकारले हदबन्दीका कारण लिलामीमा समस्या रहेको बैंकहरूको जग्गा बिक्रीमा पनि केही खुकुलो नीति लिइदिएको छ। यसले पनि अझै धेरै जग्गाहरू बिक्रीमा आउन सक्ने छन्। जसका कारण मूल्य आकाशिएको समयमा खरिद गर्ने घरजग्गा व्यवसायी मारमा पर्दै गएका छन्।

कारोबारको सुस्तताले देशैभर घरजग्गाको मूल्यसमेत घटिरहेको छ। बैंकहरूका पनि लिलामीका जग्गा एकैपटक ठूलो संख्यामा बिक्रीमा आएका छन्। राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षामार्फत घरजग्गा कारोबारको जोखिमभार १५० बाट घटाएर १२५ मा झारेको थियो।

बैशाखमा घरजग्गा कारोबार ४९ हजार ७ सय ८३ लिखत पास भएको थियो। गतवर्षको बैशाखमा भने ४२ हजार ४ सय ६१ लिखत पास भएको थियो। गतवर्षको तुलानमा केही सुधार देखिएपनि कारोबारमा खासै प्रभाव भने देखिएको छैन।

गएको चैतमा ५० हजार २ सय ५२ लिखत पास भएको थियो। माघ महिनामा चालु आर्थिक वर्षकै सबैभन्दा धेरै ५० हजार ९ सय २१ लिखत पास भएकोमा फागुनमा ४९ हजार २ सय ८७ लिखत पास भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकमा छ।

जेठमा ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ राजश्व संकलन भएको छ। बैशाखमा ४ अर्ब २४ करोड ५३ लाख रुपैयाँ राजश्व संकलन भएको थियो। चैतमा ३ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।

चालु आर्थिक वर्षको माघमा ३ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएकोमा फागुनमा बढेर ३ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। विभागका अनुसार पुस महिनामा ४५ हजार २ सय ७५ लिखत पास भएको थियो। असोज महिनामा ४७ हजार ४ सय ९८ वटा लिखत पास भएको थियो।

विभागको तथ्यांकअनुसार गत साउनमा ३९ हजार २ सय ६३ वटा घरजग्गा किनबेच भएको थियो। त्यसैगरी भदौमा ३५ हजार ६ सय ८६, असोजमा ४७ हजार ३ सय ९८ घरजग्गा किनबेच भएको थियो। साथै कात्तिक महिनामा २६ हजारमात्रै घरजग्गा किनबेच भएको थियो। मंसिर महिनामा ४१ हजार ८ सय ५१ वटा घरजग्गा किनबेच भएको थियो।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version