काठमाडौं । भारतीय प्रख्यात मोटिभेटर सोनु शर्माले नेपाली बीमा क्षेत्रका सिईओ, कर्मचारीदेखि अभिकर्तासँग सात घण्टाको मोटिभेसनल सेसन आज काठमाडौंमा सम्पन्न भएको छ।देशैभरबाट १३ सय जना बीमाकर्मी, अभिकर्ताहरुके सहभागी हलमा सात घण्टासम्म बसेर ‘सेल्स स्ट्रयाटेजी इन रिसेसन’ कार्यक्रम सम्पन्न समयसम्म उत्साहित देखिन्थ्यो ।

सात घण्टा लामो कार्यक्रममा कतै सहभागी निराश भएकी भनेर उनले बेला बेलामा आफनो प्रस्तुतीलाई थप उर्जामय बनाउन उपस्थित रहेका सहभागीहरुलाई मञ्चमा बेलाएर उदाहरणहरु पनि दिएर मोटिभेटर सोनु शर्माले कार्यक्रमलाई थप उत्साहित बनाएको थियो ।

बिशेषगरी देशका विभिन्न क्षेत्रबाट कार्यक्रममा सहभागी भएका कर्मचारी र अन्य पदाधिकारीभन्दा अभिकर्ताहरु बढी उत्साहित देखिन्थ्यो ।कारण मोटिभेसन प्रोगाम, सेल्स बिक्रि गर्ने फर्मुला र टिम वर्कको बिषयमा कसरी सहज तरिकाबाट काम गर्न सकिन्छ भन्ने बिषयमा उनीहरुको उत्सुकता बढी देखिन्थ्यो ।

बाँकिमा पनि मोटिभेटर सोनु शर्माले सात घण्टाको समयमा आफूतिरै ध्यान खिच्न सफल भएका थिए ।बिशेषत उनको प्रस्तुतीमा सिकाउने शैली पृथक नै थियो । उदाहरण र समय सिमामा आफनो प्रस्तुती दिने सक्ने कलाको कारण पनि सहभागीतिर ध्यान खिच्न उनी सफल थिए ।

एउटा प्रस्तुतकर्ताको प्रस्तुतीमा हुने सम्पूर्ण प्याकेजको साथै केही उत्प्रेरक उदाहरणले उनको प्रस्तुतीलाई थप सुगन्धमयी बनाईदिएको थियो । जसको कारण उक्त हल तालीको गुन्जायमानले भरिएको थियो ।कार्यक्रम प्रस्तोता सोनुले सहभागीहरुको रुचीलाई पनि मध्यनजर गर्दै कार्यक्रम अघि बढाएको कारण थप सशक्त रुपले कार्यक्रम अघि बढेको थियो ।

करिब १३ सय जना बीमा क्षेत्रका बीमा अधिकारीसम्क्ष बीमा प्राधिकरणका उच्च अधिकारीदेखि निर्जिवन बीमक, जीवन बीमक र लघु बीमक संघ र अभिकर्ता संघका अध्यक्षहरुको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सात घण्टाको मोटिभेसनल सेसनलाई सक्रिय र उपब्धिमूलक रुपमा सुनेर साथ दिएका छन्।अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइने यस कार्यक्रममा देशभरबाट १३ सय जना भन्दा बीमाकर्मी, अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।

विभिन्न देशहरुमा कार्यक्रम आयोजन गर्दै आएको सिफ्ट पिक्सेल प्राइभेट लिमिटेडले आज काठमाडौंमा आयोजना गरेको ‘सेल्स स्ट्रयाटेजी इन रिसेसन’ नेपालमा यो पहिलो पटक आयोजना गरिएको हो ।बिहान १० बजेदेखि सुरु भएको कार्यक्रम साँझ ५ बजेसम्म चल्दा पनि कार्यक्रममा सहभागीहरुले केही सिक्ने चाहनाका साथ उत्सुकताका साथ बसेर मोटिभेटर सोनु शर्मालाई साथ दिएका थिए ।

उनले सात घण्टाको अवधिमा विजनेस गर्ने बाटो मात्रै देखाएनन् जीवनमा सफल कसरी हुन सकिन्छ भन्ने बिषयमा रोचक उदाहरण सहित प्रस्तुती दिएका थिए ।कार्यक्रममा सहभागी अभिकर्ताहरुले यस मोटिभेसनल सेसन उपलब्धिपूर्ण रहेको प्रतिक्रिया जनाएका थिए ।यस किसिमका कार्यक्रमहरुले काम गर्ने जोस, उत्प्रेरणा तथा उत्साह जागरण गर्ने अभिकर्ताहरुको भनाइ रहेको थियो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपालमा यस्ता किसिमका कार्यक्रम हुनु आवश्यक रहेको प्रकाश पारेका थिए । पहिलो सेसनमा प्रोडक्ट कसरी सेल्स गर्न सकिन्छ भन्ने बिषयमा मोटिभेटर सोनु शर्माले प्रस्तुतीकरण दिएका थिए भने दोस्रो सेसनमा टिम वर्क कसरी गर्ने भन्ने बिषयमा केन्द्रित रहेर प्रस्तुती दिएका थिए।

शर्माले प्रस्तुतीमा बीमा पोलिसी बिक्रि गर्दा फाईदा भन्ने हैन, नगर्दा हुने हानी नोक्सानी बताउन अभिकर्ताहरुलाई सुझाएका थिए ।

उनले अभिकर्ताहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बीमा प्रशिक्षक मार्फत प्रशिक्षण नियमित गर्ने र सोका लागि कम्पनीले अभिकर्ताहरुका लागि व्यापार लक्ष्य सहितको स्कीम ल्याउने जानकारी गराएका थिए ।कार्यक्रममा सहभागी अभिकर्ताहरुले यस मोटिभेसनल सेसन उपलब्धिपूर्ण रहेको प्रतिक्रिया जनाएका थिए । यस किसिमका कार्यक्रमहरुले काम गर्ने जोस, उत्प्रेरणा तथा उत्साह जागरण गर्ने अभिकर्ताहरुको भनाइ रहेको थियो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version