काठमाडौँ – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई आज फेरि अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएसँगै उनले विश्वकप खेल्ने अनुमान गरिएको थियो। तर, अमेरिकाले उनलाई दोस्रो पटक भिसा दिन अस्वीकार गरेसँगै उनले विश्वकप गुमाउने सम्भावना बढेको छ।

सन्दीपलाई यसअघि अमेरिकी दूतावासले ९ जेठमा भिसा दिन अस्वीकार गर्दा उनको टोलीमा सहभागिता अनिश्चित रहेको थियो।

तर, सरकारले पुनः पहल गरेपछि फेरि आज अमेरिकी दूतावासले ४ बजेका लागि अन्तर्वाता दिन बोलाएको भए पनि उनलाई भिसा दिन अस्वीकार गरेको हो।

फर्किने आधार नदेखिएको भन्दै सन्दीपलाई दोस्रो पटक भिसा नदिएको जनाइएको छ।

Share.
Leave A Reply

Exit mobile version