काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले पछिल्लो समय अर्बौं रुपैयाँ हिनामिनाका कारण संकट देखिएको सहकारी क्षेत्रको समस्या समाधान हुने बताएका छन् ।

मंगलबार संसद्मा प्रस्तुत गरिएको बजेटबारे बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

मन्त्री पुनले सहकारीमा संरचनागत र नीतिगत सुधार गरिने आश्वासन पनि दिएका छन् ।

‘सहकारीमा संरचनागत र नीतिगत सुधार गरिन्छ । बचतकर्ताले हराएको भनिएको आफ्नो बचतबारे चिन्ता लिनुपर्दैन’, उनले आश्वस्त पार्दै भने, ‘सहकारीमा हिनामिना भएको बचत फिर्ता आउँछ । हामी यो क्षेत्रको समस्या समाधान गर्छौं ।’

मंगलबार सार्वजनिक बजेट वक्त्वयमा सरकारले सहकारी संस्थाको बचतकर्ताहरूको ५ लाखसम्म रकम सञ्चालकहरुको सम्पत्ति रोक्का राखी फिर्ता गर्ने उल्लेख गरेको थियो ।

अर्थमन्त्री पुनले संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका थिए ।

उनले सहकारी नियमन निकाय गठन गर्ने र मर्जरलाई प्रोत्साहन गरिने सरकारको योजना रहेको पनि बताएका थिए ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version