काठमाडौं, जेठ १५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग बमोजिम सहकारीको रकम हिनामिनाको छानविन गर्न संसदीय समिति गठन भएको छ।

मंगलबार दलहरुबीच भएको सहमति अनुसार एमाले सांसद सूर्य थापाको नेतृत्वमा ७ सदस्यीय समिति गठन भएको हो।


मंगलबार साँझ बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय विशेष समिति गठन भएको जानकारी दिए।

समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्य थापा र सरिता भुषाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका छन्।

समितिको कार्यावधि ३ महिना रहेको छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version