काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी नेपाली कांग्रेसबीच सदन सुचारु गर्ने अनाैपचारिक सहमति भएको छ । कानूनमन्त्री पदम गिरीले भोलिदेखि संसद चल्ने सहमति भएको जानकारी दिए ।

आज बसेको दलहरुबीचको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दलहरुबीच सहकारीका विषयमा संसदीय छानबिन समिति बन्ने र त्यसको पूर्णता दिन भोलि बिहान ११ बजे कानून मन्त्रालयलमा कार्यदलको बैठक बस्ने बताए । सो बैठकले बैठकलाई औपचारिकता दिइने उनले बताए ।

त्यस्तै, भोलि नै संसदको संयुक्त बैठक सुचारु हुनेमा पनि सहमति भएको उल्लेख गरे ।

यता नेपाली कांग्रेसका सचेतक रमेश लेखकले छलफल गम्भीर भएको र निष्कर्ष उन्मुख तथा सकारात्मक रहेको बताए । ठ्याक्कै नयाँ भएको के हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘नयाँ भएको भोलि फाइनल हुन्छ । भोलि कार्यदल बसेर टुंगिन्छ । बाँकी कुरा त्यही बैठकले निष्कर्ष दिन्छ ।’

संसदीय छानबिन समितिमा व्यक्तिगत नाम राख्ने विषयमा कांग्रेस पछि हटेको हो भन्ने प्रश्नमा लेखकले भने, ‘नसहकारीमा भएको हिनामिना र अपचलनका बारेमा छानबिन हुन्छ, त्यसलाई भोलिको कार्यदलको बैठकले अन्तिम रुप दिन्छ ।’

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version