चितवन,जेठ १३- नेकपा (एमाले) चितवनको नेतृत्वका लागि दुई जनाको उम्मेद्वारी परेको छ । हिजोदेखि भरतपुरमा सुरु भएको ११ औँ अधिवेशनमा आज भएको मनोनयनमा हालका उपाध्यक्ष कमल पाठक र जिल्ला कमिटी सदस्य घनश्याम कंडेलले अध्यक्ष पदका लागि उमेद्वारी दिएका छन् । त्यस्तै उपाध्यक्षमा श्याम विष्ट र कृष्ण डल्लाकोटी, सचिवमा हालका उपसचिव प्रकाश ढुंगाना र पदम सुवेदीको उम्मेद्वारी परेको छ । यद्यपि सकेसम्म नेतृत्व सर्वसहमत बनाउने प्रयासमा नेकपा एमाले रहेको छ ।

१४ गतेसम्म सञ्चालन हुने अधिवेशनले तीन वर्षका लागि नेतृत्व चयन गर्दैछ । अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव दुई सहित १२० सदस्यीय जिल्ला कमिटी चयन हुनेछ । जिल्ला कमिटीमा कम्तिमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य गरिएको छ ।

प्रत्येक वडा पार्टी कमिटी, जनवर्गीय संगठन जिल्ला कमिटी, सल्लाहकार परिषद्, निर्वाचन आयोग, लेखा आयोग, चितवन–काठमाडौं सम्पर्क मञ्चबाट छानिएर आएका ५९० जना, जिल्ला कमिटी अर्थात आयोजक कमिटी १४३ जना गरी ७३२ र मनोनित २९ जना गरी कुल ७६१ जना अधिवेशनमा प्रतिनिधि भएर आएका छन् ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version