नेपाली कांग्रेससहित विपक्षी ५ दलले प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बोल्दा अवरोध नगर्ने निर्णय गरेका छन् ।
बानेश्वरमा कांग्रेसको अगुवाइमा बसेको विपक्षी ५ दलको बैठकले लामिछानेलाई बोल्न दिने निर्णय गरेको हो ।
‘कांग्रेससहितको विपक्षी ५ दलको बैठकले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ,’ छलफलमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिले लोकान्तरसँग भने, ‘गृहमन्त्रीको भनाइ चित्त बुझ्यो भने मात्रै संसद् बैठक अगाडि बढ्छ ।
गृहमन्त्रीको भनाइ चित्त नबुझेमा अवरोध कायमै रहने उनले खुलाए ।
कांग्रेससहितका विपक्षी दलले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग गर्दै आएका छन् ।
