काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर प्रमुख विपक्षी दलसँग सहमति गर्न आग्रह गरेका छन् ।

बालुवाटार पुगेर प्रचण्ड र ओलीसँग संयुक्त छलफल गरेका सभामुख घिमिरेले आफू निर्वाध र सौहार्दपूर्ण ढंगबाट संसद सञ्चालन होस् भन्नेमा रहेको बताए ।

उनले भने, ‘जति बल गरेर संसद चलाए पनि एक क्षणमा त सहमति गर्नैपर्छ । पछि होइन, अहिल्यै सहमति गर्नुहोस् । भोलि बिहान ११ बजेअघि नै सहमतिमा पुग्नुहोस् ।’

नीति तथा कार्यक्रम पास गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिन र बजेट प्रस्तुत गर्ने कार्य असमझदारी र अवरोधका बीच गर्दा राम्रो सन्देश नजाने सभामुख घिमिरेको भनाइ थियो ।

उनले थपे, ‘सार्वजनिक सञ्चारमाध्यममा आए जस्तो अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधानले गरेको छैन । अध्यादेशबाट बजेट ल्याउने, कानून ल्याउने हो भने संसद र जनप्रतिनिधिको महत्व घटेर जान्छ ।’

अहिले सहमति खोज्न बालुवाटारमा सत्ता पक्ष र कांग्रेसबीच वार्ता भइरहेको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version