काठमाडौं । सन्दीप लामिछानेका वकिल सरोज घिमिरेले गौशाला २६ को ‘डीग्नीटी’को सम्मान हुनुपर्ने बताएका छन् ।

उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै वकिल घिमिरेले सन्दीपको आत्मसम्मान र न्यायका निम्ति आफूहरु लागेको बताए । अहिले न्याय मिलेकाे तर गाैशाला २६ काे स्वाभिमानकाे पनि रक्षा हुनुपर्ने बताए ।

‘सबैको आत्मसम्मानको सम्मान गर्नुपर्छ । जसले जाहेरी दिनुभएको थियो । उहाँको डिग्नीटीको सम्मान गर्छौं । यहाँहरुले पनि उहाँलाई कुनै किसिमको हानी र नोक्सानी नगर्नु होला । नलेख्नुहोला’, उनले सञ्चारकर्मीहरुलाई भने, ‘मात्रै के भने सन्दीपले न्याय पाएको छ । हामीलाई सुरुदेखि नै अदालतमाथि विश्वास थियो । उसले न्याय पाउनुपर्छ भनेर हामी लागेका थियौं ।’

आफूहरुले जिल्ला अदालतको फैसलाको पुनरावेदनका लागि उच्च अदालतमा गएपछि अदालतले यस्तो फैसला गरेको बताए ।

उनले भने, ‘सम्मानित उच्च अदालतको फैसलालाई हामी सम्मान गर्छौं ।’

त्यस्तै, उनले विशेष कारणवश कप्तानी गुमाएका लामिछानेलाई क्यानले विवेकपूर्ण निर्णय गरेको फिर्ता दिने पनि विश्वास व्यक्त गरे ।

सञ्चारकर्मीले सन्दीपलाई बोल्न आग्रह गरेपछि उनले राष्ट्रिय झण्डा घाँटीमा राख्दै आफूले सुरुदेखि नै निर्दोष रहेको बताउँदै आएको प्रतिक्रिया दिए ।

उनले आफूलाई साथ दिनेलाई आभार व्यक्त गरेका छन् । लामिछानेले क्रिकेटबाट नेपाललाई अझै माथि पुर्याउन आफ्नो योगदान हुने पनि प्रतिवद्धता जनाए ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version