चितवन र नवलपरासी जोड्ने ‘सिग्नेचर ब्रिज’को सोमबार शिलान्यास भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणी नदीमाथि बन्ने पुलको शिलान्यास गरेका हुन्। 

पुलको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले चालू आर्थिक वर्षमा मात्र १४९ भन्दा बढी पुल निर्माण गरिसकेको बताए।

अहिले सडक विभागअन्तर्गत काठमाडौँको ग्वार्कोमा ‘फ्लाइओभर’को निर्माणकार्य भइरहेको र पृथ्वी राजमार्गको मादी, सेती नदी लगायतका नदीहरूमाथि ‘सिग्नेचर’ पुलहरू निर्माण भइरहेका प्रधानमन्त्री दाहालको भनाइ छ। 

पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने प्रधानमन्त्रीको विश्वास छ।  

‘सवारी चाप सम्बोधन हुनेछ, यसले सवारी समयको बचत हुनेछ। सबैभन्दा महत्वपूर्ण यसको निर्माणसँगै सडकको ‘कार्यक्षमता’ वृद्धि हुनेछ’, उनले भने, ‘यस परियोजनाको सम्बन्ध सडक पूर्वाधार र यातायातसँग मात्र सम्बन्धित नभएर पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको विकास एवं रोजगारी सिर्जनामा मद्दत पुग्नेछ।’

कस्तो बन्नेछ पुल? 
यो पुल सिग्नेचर पुलहरुमध्येकै लामो हुनेछ। अर्थात् ४२० मिटर लामो पुल अहिलेको पुलको छेउमा निर्माण हुनेछ। भरतपुरकी मेयर रेणु दाहालका अनुसार यो एडभान्स टेक्नोलोजी ब्रिज हो। 

सडक विभागका पुल महाशाखा प्रमुख ललिजंग खनालले पुलमा डबल लेनको सडक बन्ने जानकारी दिए। 

उनले भने, ‘पुलको लम्बाइ ४२० मिटर हुनेछ। यसको चौडाइ १२ मिटर हुन्छ। जसमा डबल लेन हुन्छ।’

यसको ठेक्का समेत लागिसकेको छ। यसअनुसार तुँदी कन्स्ट्रक्सनले यो पुलनको डिजाइन र निर्माण गर्नेछ। यसको लागत १ अर्ब ६८ करोड रुपैयाँ छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version