चितवन, वैशाख २९-

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेको जीबी राईलाई पक्राउ गर्ने प्रयास भइरहेको बताएका छन् ।

आज चितवन आएका लामिछानेले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै आफुले संसदमा एक पटक बोल्न पाउनुपर्ने बताए ।

नेपाली कांग्रेसको अवरोधले आफु नडराएको समेत उनले बताए । ‘संसदलाई कांग्रेसले आदेश दिने होइन । संसदमा एक पटक बोल्न पाउँ भनेको छु’, उनले भने ।

अघिल्लो गृहमन्त्रीले जीबी राईलाई भगाएको हुनाले अहिले खोज्न समस्या भइरहेको उनको भनाई थियो । ‘भगाइसकेको मान्छेलाई खोज्न समय लागेको हो’, उनले भने ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version