काठमाडौं- शुक्रबारको संसद् बैठकका क्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच दोहोरी चलेको छ ।

बर्खे अधिवेशनको पहिलो दिनको पहिलो बैठकको सुरुमै महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देही र सरकारी वकिल कार्यालयमा पर्याप्त प्रमाण रहेको भन्दै संसदीय छानबिन समिति बनाउनै पर्ने बताएका थिए ।

लामिछानेले सहकारी ठगी गरेको प्रमाण रुपेन्द्रेही प्रहरीले जिल्ला अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको कुरा थापाले संसद्‍मा सुनाएका थिए ।

‘रुपन्देही प्रहरीले गरेको अनुसन्धानबाट प्रमाण भेटिएका छन् । सरकारी वकिलको कार्यालयले अघि बढाएको अभियोग पत्रमा पनि रविको नाम छ । अदालतमा गृहमन्त्री सहकारी प्रकरणमा जोडिका प्रमाण पेश भएका छन्’, थापाले भने, ‘आफैंले माग फाराम भरेर सहकारीबाट लिएको ऋणको प्रमाण पेस गरौँ? १ अर्ब रुपैयाँ अपचलन गरेका प्रमाणहरू देखाऊँ? कति प्रमाण पेश गरौँ। मैले पेश गरेका प्रमाण गलत भएको सावित गर्न संसदीय छानबिन समिति चाहिएको छ । त्यसो गर्न पाए कति राम्रो हुन्थ्यो ।’

महामन्त्री थापाले संसद्‍बाट घेर्ने कोसिस गरेपछि उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले यदि आफूले सहकारीबाट ऋण लिएको कांग्रेसले प्रमाणित गरिदिए राजनीति नै छाड्ने चुनौती दिएका छन् ।

आफूले बुटवलस्थित सूर्यदर्शन सहकारी संस्थाबाट ऋण लिन निवेदन दिएको प्रमाण ल्याए राजनीति नै छाड्ने चुनौती महामन्त्री थापालाई दिएका हुन्।

थापाले शुक्रबारको संसद् बैठकमा रविले सहकारीबाट ऋण लिएको पर्याप्त प्रमाण रहेको दाबी गरेका थिए । यसको जवाफमा रास्वपा सभापति लामिछानेले सदनमा गगनको भनाइप्रति कडा आपत्ति जनाए । उनले यदि गगनले भनेजस्तै आफूविरूद्ध प्रमाण भेटिए राजनीति नै छाड्ने बताए ।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानीका क्रममा लामिछानेले यदि थापाले आफूविरुद्ध कुनै ठोस प्रमाण देखाएमा राजनीतिबाट बिदा लिने बताए । तर यदि गगनले प्रमाण ल्याउन नसकेको अवस्थामा उनले राजनीतिबाट बिदा लिनुपर्ने पनि रविको चुनौती थियो ।

‘मलाई संसदीय छानबिन समितिको चिन्ता छैन । गगन थापाले मलाई आफैंले सहकारीबाट ऋण मागेको प्रमाण रहेको आरोप लगाउनु भयो । उहाँलाई मेरो चुनौती छ, यदि त्यसको प्रमाण दिनुएमा, सहकारीमा ऋणका लागि निवेदन दिएको प्रमाण देखाउनु भएमा राजनीति छाडिदिन्छु । यदि मविरुद्धको प्रमाण दिन नसकेमा उहाँले पनि राजनीतिबाट बिदा लिनुपर्छ। ’

कांग्रेसले आफूमाथि सहकारी ठगी जस्तो गम्भीर आरोप लगाइरहेका बेला संसद्मा उभिएर जवाफ दिन पनि मौका नदिएको लामिछानेको गुनासो छ ।

‘जनताबाट प्रतिनिधिबाट ममाथि सहकारीबारेको आरोप लागिरहँदा एक पटक सदनमा उभिएर जवाफ दिने पनि अवसर पाइँदैन?’, उनले प्रश्न गरे, ‘कम्तीमा एक पटक त बोल्न पाऊँ भन्दा पनि किन दिइँदैन ?’

कांग्रेस बैठक सुरु भएपछि उठेर विरोध जनाएपछि सभामुखले ३ मिनेटको समय थापालाई दिए । तर कांग्रेसले सो समय नपुगेको बताए ।

यसअघि शुक्रबार संसद्को पहिलो बैठक बस्नेबित्तिकै विरोधमा उत्रिएपछि कांग्रेस महामन्त्री गगनकुमार थापा सहकारी प्रकरणमा रवि लामिछाने छानबिनबाट भागेको आरोप लगाएका थिए ।

‘यदि मलाई यस्तै आरोप लागेमा छानबिन समिति बनोस् भन्छु । लामिछानेलाई जोगाउन महान्यायाधिवक्ता झुक्दा झुक्दा लम्पसार परिसके । गृहमन्त्रीले गल्ती गरेका हुन् भने छानबिन गरेर सफाइ लिनुपर्छ’, थापाले भने, ‘सरकार गृहमन्त्रीमाथि कुनै पनि अभियोजन र अभियोग लागेको छैन भनिरहेको छ । प्रधानमन्त्री आफैं छानबिन पनि भएको छैन भनिनरहनु भएको छ । तर जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गरेको अनुसन्धानले के भनेको छ ? एक अर्ब रुपैयाँ अपचलन गरेको प्रमाण पेश गरिएको छ । हामीलाई गलत सावित गर्नुस् न । संसदीय समितिबाट क्लिन चिट लिनुस् ।’

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version