चितवन, बैशाख २२ – निकुञ्जभित्र पक्की सडक निर्माण लगायतका माडीका समस्याहरु समाधानका गर्न आन्दोलन सञ्चालनका लागि ५ सदस्यीय अध्यक्षमण्डल र १०१ सदस्यीय मूल संघर्ष समिति तथा सचिवालय गठन भएको छ ।

आज शनिवार माडी क्याम्पसको सभाहलमा सम्पन्न भेलाबाट ‘माडीका विविध समस्या पहिचान एवं समाधान सम्बन्धि दबाब तथा सङ्हर्ष समिति’, छोटकरीमा ‘माडी संघर्ष समिति’ औपचारिक रुपमा गठन गरिएको हो ।

आज गठन गरिएको माडी संघर्ष समितिको अध्यक्ष मण्डलमा शुक्रमिया चौधरी, रामबन्धु पोख्रेल, रामचन्द्र लम्साल, बिष्णु कुमारी क्षेत्री र सुरेन्द्र श्रेष्ठ रहनुभएको छ । यसबाहेक ३५ सदस्यीय सचिवालय समिति समेत गठन भएको छ भने विभिन्न उपसमितिहरू गठन भएका छन् ।

समृद्धिका लागि युवा अभियानको अगुवाईमा आज आव्हान गरिएको भेलामा माडी भरतपुर सम्पर्क मञ्च, थारू कल्याणकारिणी सभा चितवन, समृद्धिका लागि युवा अभियान माडी, जेष्ठ नागरिक समाज माडी, साविक अयोध्यापुरी माडी-भरतपुर सम्पर्क मञ्च, हरिनगर भरतपुर सम्पर्क मञ्च, जगन्नाथपुर देवेन्द्रपुर सम्पर्क मञ्च, गर्दी भरतपुर सम्पर्क मञ्च, माडी माईतीघर लगायतका माडी प्रती माया र चासो राख्ने दर्जनौ संघ संस्थाका प्रतिनिधि, माडीका राजनैतिक दल, विभिन्न संघसंस्था र आम माडीबासी नागरिकहरु भेलामा सहभागी रहेका थिए ।

माडीमा आन्दोलन सञ्चालनका लागि अध्यक्षमण्डल, मूल संघर्ष समिति र सचिवालयको बैठक बसि छिट्टै आन्दोलनको स्वरुप र आगामी दिनका कार्यक्रमहरु सार्वजनिक गरिने संघर्ष समिति अध्यक्ष मण्डलका सदस्य रामचन्द्र लम्सालले बताउनु भयो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version