चितवन , बैशाख २१ – चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुविधा सम्पन्न बाटो र माडीका विभिन्न समस्याहरूको सामाधानका लागि माडीवासी एकजुट भएका छ्न । विभिन्न समयमा प्रधानमंत्री तथा मन्त्रीहरू समक्ष राखिएको प्रस्ताव कार्यान्वयन नभएपछि संयुक्त चरणबद्ध आन्दोलनको तयारीका लागि उनिहरु एकजुट भएका हुन ।

माडीलाई माया गर्ने र माडीसंग जोडिएका सम्पर्क मंचहरू र समृद्धिका लागि युवा अभियान माडीको संयुक्त आयोजनामा विभिन्न स्थानमा छलफल भएपछी समितिको निर्माण गर्न भोलि बैशाख २२ गते माडीको बसन्तपुरमा सर्बदलिय , सर्बपक्षिय भेलाको आयोजना गरिएको छ । हाल देखिएको उपलब्धीलाई कार्यान्वयन सम्म पुर्याउन पहल गर्दै राष्ट्रिय निकुंज भित्रको बाटो र माडीका विभिन्न समस्याहरु समाधानका लागि आन्दोलन परिचालन समिती निमार्णका लागि भेला बोलाइएको समृद्धिका लागि युवा अभियानका अगुवा रामचन्द्र लम्सालले बताउनु भयो । शनिबार माडी क्याम्पसको सभाहलमा हुने भेलामा माडी भरतपुर सम्पर्क मंच ,थारू कल्याण कारिणी सभा , समृद्धिका लागी युवा अभियान माडी ,जेष्ठ नागरिक समाज , साविक अयोध्यापुरी माडी – भरतपुर संम्पर्क मंच , हरीनगर भरतपुर सम्पर्क मंच , जगन्नाथपुर देवेन्द्रपुर सम्पर्क मंच , गर्दि भरतपुर सम्पर्क मंच , माडी माईतीघर लगायतका दर्जनौ संघ संस्थाका अगुवा / प्रतिनिधीहरु समाबेश रहने जनाइएको छ ।

भेलाले बृहत्तर संघर्ष समिति तथा उपसमितिहरू निर्माण गर्ने , आन्दोलन लाई व्यवस्थित र मर्यादित बनाउन राजनीतिक नेतृत्व बुद्धिजीवी युवा लगायत सबैसंग राय सल्लाह सुझाव तथा एक्यबद्दताको आह्वान गर्दै भेलाको आयोजना गरिएको जनाइएको छ । माडीको समस्याको बारेमा पटक पटक बनेका सरकारले माडीवासी लाई आश्वासन मात्रै दिने काम गरेकाले समृद्धिका लागि युवा अभियानले बिगत देखि नै विभिन्न संघ सस्था सङ्ग मिलेर दबाब स्वरुप चरणबद्ध गर्दै आएको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version