इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११ सयभन्दा बढी मतले अग्रता लिएका छन्।

फाकफोकथुम गाउँपालिकाका सातवटै वडाको गणना सकिँदा नेम्वाङले ४४१३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। यो कुल सदर मत ९५२४ को ४६ प्रतिशतभन्दा बढी हो।

नेम्वाङलाई प्राप्त मत उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको तुलनामा ११५५ ले बढी छ। खड्काले ३२५८ मत ल्याएका छन्। यो कुल सदर मतको ३४ प्रतिशतभन्दा बढी हो।

‘मूढा’ चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिम लिम्बू तेस्रो स्थानमा छन्। उनले ९६३ मत ल्याएका छन्।
त्यस्तै, चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ६४५ मत ल्याएका छन्।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version