चितवन , बैशाख १५ – चितवनको माडी नगरपालिका वडा नम्बर ८ दक्षिण अयोध्यापुरीकि एक क्यान्सर पिडित बालिकाको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । माडी नगरपालिका वडा नम्बर ८ का दिलिप अधिकारीकि ५ बर्षकि छोरी समृद्धि अधिकारीको आर्थिक अभाबका कारण उपचारमा समस्या भएको हो । करिव ५ महिना अगाडी बालिका बिरामी भै भरतपुरका विभिन्न अस्पतालमा परिक्षण गर्दै जादा रगतको क्यान्सर देखिएको पारिवारिक श्रोतले जनाएको छ । बालिकाको उपचारका क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साइन्सेस ( पुरानो मेडिकल कलेज ) चितवन मेडिकल कलेज , बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल हुँदै लामो समय भारत स्थित दिल्लिमा रहेको राजिव गान्धी क्यान्सर अस्पताल उपचार भएको थियो । भारतमा उपचारका क्रममा लाखौ रुपैया खर्च भए पछि परिवारको आम्दानीको कुनै श्रोत नभएकाले खर्च धान्न नसक्ने अबस्थामा पुगेपछी पुन बिरामी बालिका लाई भरतपुर स्थित बिपि कोइराला क्यान्सर अस्पताल ल्याइ थप उपचार गराइ रहेको बिरामी बालिकाका बुवा दिलिप अधिकारीले बताउनु भयो ।

छोरीको उपचारमा हाल सम्म करिव ४० लाख रुपैयाँ खर्च भै सकेको र थप दुई बर्ष उपचारका लागि त्यति नै रकम लाग्ने भएपछी आफू समस्यामा परेको हुँदा सहयोगका लागि अनुरोध गर्नु बाहेक कुनै बिकल्प नभएको बताउनु भयो । जायजेथा पनि कमजोर छ आम्दानी को श्रोत पनि केही छैन , छोरीको जीवन रक्षाका लागि अपिल गर्दै उपचारको अभाबमा छोरी लाई बचाउन सक्दिनकी भन्ने चिन्ताले सताएको उहाँको भनाइ छ ।बिरामी बालिकाको उपचार प्रक्रिया अझै दुई बर्ष सम्म लाग्ने र खर्च पनि सोही अनुपातमा लाग्ने डाक्टरले बताएपछी बिरामीका परिवारजनले उपचारका लागि आर्थिक सहयोगका लागि अपिल गरेका हुन ।

सहयोगका लागि सहयोगदाताले बिरामी बालिका समृद्धिका बाबू दिलिप अधिकारीको माडी बसन्तपुरमा रहेको कृषि बिकास बैक खाता नम्बर 0508800915165011 तथा इसेवा नम्बर 9845940644 मा सहयोग रकम जम्मा गर्न सकिने जनाइएको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version