इलाम – इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले आचारसंहिताको उल्लङ्घन गरेका छन् । उनले निर्वाचन चिह्न अंकित घण्टीको लोगो भएको ब्याच लगाएर मतदान गरेको फोटो सार्वजनिक भएको हो ।

लगतै केन्द्रीय निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा खबर गरेको थियो । त्यसपछि लिम्बूले मतदान गरेको स्थान माङसेबुङ-२, दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको ‘ख’ केन्द्रमा सोधपुछ भएको थियो ।

त्यसपछि लिम्बूलाई तत्काल स्पष्टीकरण सोधेर उनले लगाएको ब्याच फुकाल्न लगाइएको बताइएको छ । तर लिम्बूले मतदान गरेको करिब एक घण्टापछि मात्र उक्त कार्य गरिएको हो ।

निर्वाचन आंचारहिताको १८ नम्बर बुँदाको ‘क’ मा राजनीति दल र उम्मेदवार प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन र ब्याच लगाउन नहुने स्पष्ट लेखिएको छ ।

यसबारे जिज्ञासा राख्दा निर्वाचन आयोगका अयुक्त दिनेश थपलियाले खबरहबलाई भने, ‘जानकारी आएको छ । जिल्ला निर्वाचन कार्यालयलाई यसबारे अवगत गराइसकेको छौँ ।’

मतदान गर्न जाँदा चिह्न अंकित कुनै पनि सामग्री प्रयोग गर्न नपाउने स्पष्ट कानून हुँदाहुँदै पनि जानी या नजानी यस्तो हुनु आश्चर्यजनक भएको उनले प्रतिक्रिया दिए ।

उनले भने, ‘उम्मेदवार आफैँ शिक्षित हुनुपर्ने हो । मतदान स्थलमा पुगेपछि कसैले जानकारी पनि नगराउनु चाहिँ रहस्यमय छ । यसबारे हामीले अवगत गराएका छौँ । कसै न कसैलाई त थाहा हुनुपर्ने हो । अटेरी गरेको पनि हुनसक्छ । कानूनअनुसार कारबाही हुन्छ ।’

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version