चितवन , जेठ ३१- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखामा रहेका टिमहरु द्वारा लिडर सम्मान तथा उत्प्रेरणा कार्यक्रम भरतपुरमा सम्पन्न गरेको छन । नारायणगढ शाखामा आवद्ध रहेका टिमहरुले शाखामा विभिन्न क्लब पार गरेका तथा उत्कृष्ट काम गरेका करिव ५० जना एजेन्सी लिडरहरु लाई अवार्ड र प्रशंसा पत्र द्वारा सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख बजार ब्यबस्थापन अधिकृत भूषण रिमाल ,बिशिष्ठ अतिथिहरुमा प्रमुख ब्यबसाय अधिकृत शिवकुमार कार्की , तालिम बिभाग प्रमुख कुबेर पाठक तथा अतिथिहरुमा नारायणगढ शाखा प्रमुख गोकर्ण कार्की र प्रमुख टिम लिडर प्रेम कोइराला रहनु भएको थियो । कार्यक्रममा एल टिम प्रमुख तथा सिनियर एजेन्सी म्यानेजर लक्ष्मी लामिछनेले सहभागिहरु लाई स्वागत गर्नु भएको थियो भने तालिम बिभाग प्रमुख कुबेर पाठकले कम्पनिको हालको अबस्था र आगामी साउन १६ गते काठमाडौमा हुने लिडर्स नाइट प्रोग्रामा सहभागी हुनका लागि अप्नाउन पर्ने रणनितिका सम्वन्धमा बताउनु भएको थियो ।
सोही कार्यक्रममा प्रमुख ब्यबसाय अधिकृत शिवकुमार कार्कीले बर्तमान अबस्था र आगामी रणनितिका बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा सहभागीहरु लाई प्रमुख बजार ब्यबस्थापन अधिकृत रिमालले सम्मानित ब्यक्तिहरु लाई बधाइ तथा शुभकामना ब्यक्त गर्दै कम्पनी लक्ष्य लाई पूरा गराउन सबैको सहभागी र काम लाई अझ उत्कृष्ट बनाउन अनुरोध गर्नु भएको थियो ।
करिब ७० जना सहभागी रहेको कार्यक्रमको सभापतित्व सिटिजन लाइफ कम्पनी नारायणगढ शाखाका सिनियर एजेन्सी म्यानेजर तथा पिटिम प्रमुख प्रेम बहादुर अछामी र कार्यक्रमको संचालन एमडी आरटी तथा सिनियर एजेन्सी म्यानेजर लक्ष्मण गौतमले गर्नु भएको हो ।
