चितवन फागुन २१, सबल गौतम – चितवन माडीको बसन्तपुर स्थित माडी माध्यमिक विद्यालय मतदान केन्द्रमा खटिएका एक कर्मचारीले मतदातालाई “घण्टीमा भोट हाल्नुस् है” भन्दै प्रभाव पार्न खोजेपछि बाहिर निकालिएका छन् ।

इलाका प्रशासन कार्यालय माडीमा कार्यालय सहयोगी पदमा कार्यरत बुद्धि बहादुर पौडेलले सिरियल नम्बर बताउने क्रममा मतदातासंग मतदानकेन्द्र भित्रै भोट मागेपछि मतदाताहरूले विरोध जनाएका थिए ।

त्यसपछि मतदाताहरूकै आग्रहमा प्रहरीले ती कर्मचारीलाई मतदान स्थलबाट बाहिर निकालेको हो । घटनापछि आरोपित कर्मचारीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version