चितवन , माघ १ – माघे संक्रान्ति पर्वको अवसर पारी रेवा त्रिवेणीधाममा स्नानमा आएका भक्तजनहरु लाई यस वर्ष पनि निःशुल्क चिया वितरण गरिएको छ। बिगतका बर्षहरु झै यसबर्ष पनि करिब ७०० कपभन्दा बढी चिया भक्तजन तथा तिर्थालुहरूलाई निःशुल्क वितरण गरिएको हो ।

विगतमा माडी जेसिजले गर्नेगरेको यस कार्य यस बर्ष माडी नगरपालिका–७ दिवानगरका सामाजिक अगुवा प्रकाश सुवेदीको संयोजकत्वमा निशुल्क चिया बितरण कार्यक्रम गरिएको हो । सुवेदीको समन्वय तथा सिम्रिका ई-ट्रेडर्स भरतपुर–३ र मेट्रो एजुकेशन एकेडेमी प्रा.लि. भरतपुर-१० को संयुक्त आयोजनामा निशुल्क चिया वितरण भएको जनाइएको छ ।

विगतका वर्षहरूदेखि निरन्तर रूपमा माघे संक्रान्ति मेलामा आयोजित चिया वितरण कार्यक्रमले चिसो मौसममा रेवा त्रिवेणीधाम पुगेका भक्तजनलाई न्यानो आतिथ्य प्रदान गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको धामका अगुवा ढाकामोहन तिमिल्सिनाले बताउनु भयो । रेवा त्रिबेणिधाम क्षेत्रमा केही दिन अगाडी बाट खेलकुद लगायतका कार्यक्रम हुँदै आएका छ्न भने आज सक्रान्तिको दिन हजारौ भक्तजन तथा तिर्थालुहरूले स्नान गरेका छ्न ।

Share.
Leave A Reply

Exit mobile version