काठमाडौँ – नेकपा एमालेको ११औँ महाधिवेशनमा उम्मेदवारहरूको मत माग्ने शैली फेरिएको छ।

प्रतिनिधिहरूलाई केपी ओली र ईश्वर पोखरेल समूहले ह्वाट्सएपमा आ–आफ्नो प्यानलको सूची पठाइरहेका छन्।

१९ पदाधिकारीसहित कुल ३०१ सदस्यका लागि मंगलबार बेलुका ७ बजेदेखि मतदान हुँदै छ। मतदानमा २ हजार २ सय ६३ जना प्रतिनिधि सहभागी हुनेछन्।

यसअघि दिउँसो ४ बजेदेखि निर्वाचन सुरु हुने भनिएको थियो। विद्युतीय भोटिङ मेसिनमा प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले बेलुका मात्र मतदान सुरु हुने भएको हो।

निर्वाचनका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुँदै छन्। हरेक प्रतिनिधिले निर्विरोध भएका उम्मेदवारबाहेकलाई मत दिनुपर्ने छ।

Share.
Leave A Reply

Exit mobile version