चितवन — लायन्स क्लब अफ चितवन राइजले अध्यक्ष शिरीष पन्तको नेतृत्वमा सोमबार माडी नगरपालिकाका विभिन्न स्थान र भरतपुर महानगरभित्रको विद्यालयमा गरी चार वटा सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ।

पहिलो कार्यक्रम माडी नगरपालिका–४ मा सम्पन्न भयो, जहाँ क्यान्सर पीडित चित्रकला पाठकलाई क्लबले रु २५,००० आर्थिक सहयोग प्रदान गर्‍यो। त्यसपछि माडी–३ को पौवारी टोलमा विपन्न विद्यार्थीहरूलाई आवश्यक स्टेसनरी तथा खेलकुद सामग्री वितरण गरिएको क्लबले जनाएको छ। साथै माडी नगरपालिका–९ मा अवस्थित कान्तिपुर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पनि शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो।

चौथो कार्यक्रम भरतपुर महानगरपालिका–१५ स्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा सम्पन्न भयो। उक्त विद्यालयका विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, इरेजर तथा खेलकुद सामग्री प्रदान गरिएको क्लबले जानकारी दिएको छ।

कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर ३२५ आर नेपालका लायन नवराज सापकोटा प्रमुख अतिथि रहेका थिए। विशिष्ट अतिथि निवर्तमान गभर्नर दिनानाथ न्यौपाने, अतिथिहरु फर्स्ट भि.डि.जी. लायन प्रभाकर पण्डित, डिस्ट्रिक्ट ट्रेजरर विकास पौडेल, लायन आश्विन गोले, लायन कैलाश थापा, फेन्सी व्यवसाय संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेल, युवा व्यवसायी रामचन्द्र लम्साल, साहित्यकार विपिन पाठक र पत्रकारहरू सहभागी थिए।

स्थानीय तहका प्रतिनिधि माडी–४ का वडाध्यक्ष माधव चापागाईं र वडा–८ का वडाध्यक्ष वीरेन्द्र भण्डारीको उपस्थितिले कार्यक्रममा थप औपचारिकता प्रदान भएको थियो।

लायन्स क्लब चितवन राइजले सामाजिक उत्तरदायित्वका विविध क्षेत्रमा निरन्तर क्रियाशील रहँदै समुदायमुखी कार्यक्रममार्फत सेवा गतिविधि विस्तार गर्दै आएको क्लब अध्यक्ष शिरीष पन्तले जानकारी दिनुभयो।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version