रेशम सापकोटा
भारतपुर १८ मंसिर – आफ्नो जन्म उत्सवको अवसरलाई सामाजिक जिम्मेवारीसँग जोड्दै विपिन पाठकले आज भरतपुर महानगरपालिका–२ स्थित ब्राइटस्टार समाज नेपाल बालगृहमा रहेका १३ जना नानीहरूसँग आज बेलुकाको संयुक्त भोजन कार्यक्रम सम्पन्न गर्नुभएको छ। मानवतामूलक भावना बोकेर गरिएको यो कार्यले उपस्थित सबैलाई प्रभावित बनाएको थियो।

कार्यक्रममा उहाँकी धर्मपत्नी सरस्वती अधिकारी पाठक, लायन्स क्लब अफ भरतपुर ब्लु स्काईकी अध्यक्ष दुर्गाकुमारी लामिछाने, अग्रज शैक्षिक तथा सामाजिक व्यक्तित्व बालचन्द्र पोखरेल, ब्लड डोनर सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, महासचिव अञ्जन दवाडी, सफल युवा व्यवसायी तथा समाजसेवी रामचन्द्र लम्साल, माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटा, डा. सिर्जना भुर्तेल, ब्लड डोनर सोसाइटी चितवनका उपाध्यक्ष अभिषेक अधिकारी, लायन्स चेयरपर्सन प्रकाश सुवेदीलगायतको विशिष्ट उपस्थिति रहेको थियो।

युवा पुस्तामाझ लोकप्रिय व्यक्तित्वका रूपमा परिचित पाठक कुशल शिक्षक, पत्रकार, साहित्यकार तथा माडी प्रज्ञा प्रतिष्ठानका सदस्य समेत हुन्। सानै उमेरदेखि नै सामाजिक भावना र परोपकारप्रति समर्पित उनका कार्यहरू काे प्रशंसा कार्यक्रममा सहभागी अतिथिहरूले खुलेरै गर्नुभयो। समाजप्रति उच्च जिम्मेवारीबोधसहित उनले निरन्तर देखाउँदै आएको सक्रियताले प्रेरणादायी उदाहरण स्थापित गरेको सहभागीहरूले बताएका थिए।
२०७३ सालमा स्थापना भएको ब्राइटस्टार समाज नेपाल बालगृहमा हाल १३ जना नानीहरू आवास सुविधा सहित बसोबास गर्दै आएका छन्। नानीहरूका बीचमा गएर जन्मोत्सव मनाउनुभएको विपिन पाठकको सक्रियताले समाजमा सकारात्मक सन्देश संगै, सहयोग, करुणा र मानवीय मूल्यप्रतिको संवेदनशीलता स्पष्ट भएको सहभागीहरूले बताउनु भयो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version