चितवन , मंसिर १२ – माडी जेसीजले भोलि मंसिर १३ गते शनिबार आफ्नो साधारण सभा तथा सातौं शाखा अधिवेशनको आयोजना गरेको छ। माडी नगरपालिका वार्ड नं ६ लक्ष्मीनिवास स्थित माडी भ्यु सामुदायिक होमस्टेमा आयोजना गरिएको उक्त शाखा अधिवेशनमा माडीका जुझारु युवा जेसी प्रकाश सुवेदीले माडी जेसीज बर्ष २०२६ का लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

माडी जेसीजको स्थापना कालदेखि नै सक्रियता पूर्वक जेसीज अभियानमा आबद्ध भएका सुवेदी, वर्ष २०२१ मा भवन निर्माण समिति संयोजक, वर्ष २०२२ मा निर्देशक, वर्ष २०२३ मा उपाध्यक्ष, वर्ष २०२४ मा कार्यकारणी उपाध्यक्ष र वर्ष २०२५ मा कोषाध्यक्षको भूमिकामा रहेर काम गरिसकेका उनले वर्ष २०२६ मा माडी जेसीज लाई अब्बल शाखाको रुपमा स्थापित गर्ने योजना लिएर आफू अगाडि बढेको बताउछन् ।

आफू माडी जेसिजको अध्यक्ष निर्वाचित भएमा पहिलो कामका रुपमा आफुले माडी जेसिजको भवन निर्माण लाई तिब्रता दिने बताएका छ्न । विभिन्न सामाजिक संघ संस्थामा आबद्द सुवेदी माडी ७ दिवानगरका स्थाही बासिन्दा हुन ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version