रेशम सापकोटा
निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले हिजो ४ र आज ५ गते सम्पन्न गरेको विस्तारित बैठक उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। पदाधिकारी, सल्लाहकार र सदस्यहरूको सक्रिय सहभागितासहित बसेको बैठकले चितवन उद्योग वाणिज्य संघको आसन्न अधिवेशनका लागि अध्यक्ष पदमा युवा व्यवसायी सिरीष पन्तलाई सिफारिस गर्ने ऐतिहासिक प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको घोषणा गरेको हो।

बैठकका सहभागीहरूका अनुसार पन्त व्यवसायीहरूले भोगिरहेका समस्यालाई नजिकबाट बुझ्ने, निष्पक्ष रूपमा हेर्ने र व्यावहारिक कार्ययोजना प्रस्तुत गर्न सक्ने सक्षम नेतृत्वका रूपमा उदाएका छन्। संघका अध्यक्ष नरहरी घिमिरेले भने, “पन्त केवल उम्मेदवार मात्र होइनन्, परिवर्तनको आवश्यकता पूरा गर्न सक्ने, ठोस परिणाम दिन सक्ने र व्यवसायीहरूको हितलाई पहिलो स्थानमा राख्न सक्ने नेतृत्व हुन्।”

चितवनका उद्योग–व्यवसायी अहिले निर्णायक चरणमा रहेको उल्लेख गर्दै संघले योग्य, दूरदर्शी र जिम्मेवार नेतृत्व छान्ने समय आएको बताएको छ। संस्थाको दिगो भविष्य, व्यवसायीको सुरक्षा, पारदर्शिता र व्यवसायिक सहजताजस्ता महत्वपूर्ण पक्ष आगामी निर्णयले प्रभावित गर्ने भएकाले सबै मतदातालाई सजक भएर मताधिकार प्रयोग गर्न संघले आह्वान गरेको छ।

लामो समयदेखि उद्योग–व्यवसायका सवालमा सक्रिय सिरीष पन्त सेवा–मुखी सोच, परिणाममा विश्वास र निष्पक्ष कार्यशैलीका कारण पहिचान बनाएका युवा नेतृत्व हुन्। उनी दबाब वा व्यक्तिगत स्वार्थले प्रभावित नहुने, र सबै पक्षलाई समेटेर अघि बढ्न सक्ने क्षमताका धनी रहेको बैठकमा उपस्थित सदस्यहरूको धारणा थियो।

यही आधारमा चितवनको व्यापारिक संरचना मजबुत बनाउने, युवाको ऊर्जा प्रतिबिम्बित गर्ने, आधुनिक संस्थागत व्यवस्थापनको आधार तयार गर्ने र रूपान्तरणको यात्रालाई सही दिशामा लैजान पन्त नै सबैभन्दा योग्य र विश्वासिलो विकल्प भएको संघको निष्कर्ष छ। पन्तलाई दिने मत चितवनका उद्योग–व्यवसायको पारदर्शिता, स्थिरता र उज्ज्वल भविष्यमा प्रत्यक्ष योगदान हुने संघले स्पष्ट गरेको छ।

अब नेतृत्व परिवर्तनको निर्णय मात्र होइन, आगामी पुस्ताले पाउने सुरक्षित, सम्मानजनक र सहज व्यावसायिक वातावरण सुनिश्चित गर्ने अवसर आएको छ। यसैले, संघले सबै उद्योगी–व्यवसायी महानुभावलाई निष्पक्ष, निर्भय र जिम्मेवार भएर सिरीष पन्तलाई आफ्नो अमूल्य मत दिन हार्दिक अनुरोध गरेको छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version