चितवन , मंसिर ४ – माडी जेसीज वर्ष २०२५ का अध्यक्ष, युवा नेतृत्वकर्ता जेसी ईश्वर रानाभाट प्रतिष्ठित JCI LOM Star President (2nd Half) – Asia & the Pacific बाट सम्मानित भएका छन्। यो महत्वपूर्ण घोषणा JCI World Congress 2025, Tunisia मा सम्पन्न समारोहका बीच गरिएको हो।
अन्तर्राष्ट्रिय तहमा भएको प्रतिस्पर्धामा उत्कृष्ट नेतृत्व क्षमता, संगठनप्रतिको समर्पण र प्रभावकारी कार्यसम्पादनका आधारमा रानाभाट चयन हुनुभएको हो।
उनको यो उपलब्धिले माडी जेसीज लगायत नेपाल र एशिया–प्यासिफिक क्षेत्रमा रहेका सम्पूर्ण जेसी सदस्यहरूलाई गौरवान्वित बनाएको बताएका छन ।
सम्मान नतिजापछि खुसी व्यक्त गर्दै अध्यक्ष जेसी रानाभाटले यस उपलब्धि आफू मात्रको नभई सम्पूर्ण माडी जेसीज परिवारको सामूहिक मेहनत, साथ र विश्वासको परिणाम भएको बताए। उनले एशिया–प्यासिफिक क्षेत्रमा आफ्नो LOM को पहिचान र प्रभावशाली उपस्थिति अझ मजबुत बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे। साथै उनले आगामी दिनमा युवा नेतृत्व विकास, प्रभावकारी परियोजना सञ्चालन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्दै काम गर्ने जनाए।
माडी जेसीज परिवारले रानाभाटलाई हार्दिक बधाई तथा आगामी कार्यकालका लागि सफलताको शुभकामना व्यक्त गर्दै उनको नेतृत्वले संगठनको प्रतिष्ठा, सदस्य विकास तथा अन्तर्राष्ट्रिय सञ्जाल विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
रानाभाटको अन्तर्राष्ट्रिय सफलता दोस्रो पटक माडी जेसीजको गर्व तथा प्रेरणादायी उपलब्धिका रूपमा रहेको छ।
Trending
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
