चितवन , असोज २२ – पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढी रहेका बेला चितवनमा भएको एक विबाहमा आफ्नो भतिजी लाई काकाले बिमा पोलिसी दाइजो स्वरुप हस्तान्तरण गरेका छ्न ।
चितवनको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखामा कार्यरत एजेन्सी म्यानेजर लक्ष्मण गौतमले आफ्नी दाजुकी छोरी ( भतिजी ) लाई विवाहको अबसर पारेर दाइजो स्वरुप बिमा पोलिसी उपहार हस्तान्तरण गरेका हुन ।
भरतपुर महानगरपालिका वडा नम्बर १० ज्ञानदर्शन टोल निवासी बधु सबिना गौतम र क्यानडा टोरन्टो निवासी वर करण सिंहको वैवाहिक कार्यक्रममा गौतमले विमा पोलिसी दाइजोको रुपमा हस्तान्तरण गरेका हुन । गौतमले भतिजिको जीवन सुरक्षा साथै भबिष्यमा आइ पर्ने आर्थिक समस्या लाई केही हद सम्म समाधान हुने बताउदै सिटिजन लाइफको १५ बर्षे सिटिजन शुभारम्भ योजना छनोट गरि दाइजो स्वरुप भतिजी लाई पोलिसि हस्तान्तरण गरेका हुन ।
विवाह भैरहेको स्थानमा बेहुलीका आफन्तजनले टीका लगाउदै नगद रकम दिई रहेका बेला बेहुली का काकाले बिमा पोलिसी हस्तान्तरण गरिरहदा विवाह स्थलमा थप रौनकता छाएको थियो । बिमा पोलिसी हस्तान्तरण पछि बेहुली सबिनाले आफ्नो भबिष्य लाई मध्यनजर गर्दै सुरक्षित गर्नु भएकोमा काका एजेन्सी म्यानेजर गौतम लाई धन्यवाद दिएकी थिइन ।
पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन दैनिक बढेको र यस्ता किसिमका उपहारले समाज परिवर्तनमा उल्लेख भुमिका खेल्ने सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढका प्रमुख गोकर्ण बहादुर कार्कीले बताए । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा सुरक्षा सहितको बचत गर्ने प्रवृत्तिको बिकास हुने उनको भनाइ छ ।

पछिल्लो समय सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी हरेक क्षेत्रमा आम नेपालीको पहिलो रोजाईको बीमा कम्पनी बनिरहेको अबस्थामा विश्वसनीयता, सरलता र विभिन्न रोगको उपचार खर्चका साथै अतिरिक्त सुविधासहितका लोकप्रिय बीमा योजना उत्कृष्ट रहेका छन्।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version