चितवन, ६,असोज – हालै केही सञ्चारमाध्यमहरूले २०८२ साल भदौ २४ गते भरतपुर–शिवनगरस्थित प्रचण्ड निवासमा भएको घटनामा चितवनका युवा उद्यमी सुलभ सिग्देलको नाम संलग्न भएको समाचार प्रसारण/प्रकाशन गरेका थिए। उक्त समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले स्पष्ट खण्डन गरेका छन्।

सिग्देलले सामाजिक सञ्जाल फेसबुकमार्फत खण्डन गर्दै भनेका छन्, “सो घटनामा मेरो कुनै संलग्नता छैन। म सधैं युवाहरू नेपालमै स्वरोजगार बन्नुपर्छ भन्ने विचार बोकेर अघि बढेको मान्छे हुँ। नेपालमै केही गर्नुपर्छ भन्ने उद्देश्यले विगत १० वर्षदेखि चितवनमा युवाहरूलाई रोजगारी सिर्जना गर्दै व्यवसाय गर्दै आएको छु। व्यवसायसँगै हरेक महिना सामाजिक काम गर्दै आएको कुरा पनि सर्वविदितै छ। मैले सयौं युवाहरूलाई निःशुल्क सिपमूलक तालिम प्रदान गर्दै आएको छु।”

उनले पछिल्लो समय नेपालमा भइरहेको जेनेरेसन–जेडको आन्दोलनमा आफूले पनि लोकतान्त्रिक तरिकाले सहभागिता जनाएको स्वीकार गरेका छन्। तर तोडफोड वा आगजनीजस्ता गतिविधिमा भने आफू संलग्न नभएको दाबी गरेका छन्। “र्‍यालीमा सहभागी भएको नाममा मेरो तस्बिर प्रयोग गरी विभिन्न आरोप नलगाइदिनुहोस्,” सिग्देलको अनुरोध छ।

उनका अनुसार यस्ता भ्रामक समाचारहरूले आफ्नो व्यक्तिगत जीवन, सामाजिक प्रतिष्ठा र व्यावसायिक इमानदारीमा प्रतिकूल असर पारेका छन्। सत्य उजागर गर्ने जिम्मेवारी सम्बन्धित निकायकै हुने भन्दै उनले सत्य तथ्य अवश्य सार्वजनिक हुने विश्वास व्यक्त गरेका छन्।

सिग्देलले सम्माननीय सञ्चारकर्मी र सञ्चार माध्यमलाई यथार्थमा आधारित रही जिम्मेवार पत्रकारिता गर्न पनि आग्रह गरेका छन्।

देशैभरि एकैसाथ भइरहेको जेनेरेसन–जेडको आन्दोलन सामाजिक सञ्जालमार्फत १३ देखि २८ वर्ष उमेर समूहका युवाहरूले सञ्चालन गर्दै आएका थिए ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version