चितवन , असोज ३ – माडी–भरतपुर जोड्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो स्तरउन्नती गर्ने कार्य रोकिएको छ। रुख काटेको भन्दै छानबिन समिती बनाएपछि सडक स्तरोन्नति रोकिएको हो । जेनजीको आन्दोलन सगै भदौ २४ गते देशव्यापी अशान्ति भइरहेको बेला स्तरोन्नतिका क्रममा ३० भन्दा बढी रुख काटिएको भन्दै वन विभागले छानबिन गर्न निर्देशन दिएको जनाइएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार बाटो बनाउन अनुमति भए पनि रुख काट्ने स्वीकृति नगरपालिकालाई दिइएको थिएन। वन्यजन्तुमैत्री मार्ग बनाउनुपर्ने भन्दै विभागले संरक्षण अधिकृतको संयोजकत्वमा छानबिन समिति बनाएको बताइएको छ ।

माडी नगरपालिकाले पाँच करोड ७५ लाख रुपैयाँ बजेट रकमान्तर गरी पिच गर्ने तयारी गरेको थियो। तर प्रमुख जिल्ला अधिकारीको आदेशपछि काम रोकिँदा स्थानीयवासी फेरि सास्तीमा परेका छन्। नेताहरूले चुनावी वाचा मात्र गर्ने गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् ।

Share.
Leave A Reply

Exit mobile version