काठमाडौं – काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोकिँदा दुई युवकको मृत्यु भएको छ । शुक्रबार बिहानका राति २ बजेर ५० मिनेट जाँदा काठमाडौं महानगरपालिका ३२ जडिबुटीको आकासे पुल नजिक उक्त दुर्घटना भएको हो ।

रोकिराखेको बा प्र ०१–००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर पछाडिबाट ठोकिँदा स्कुटर चालक र स्कुटरमा सवार व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

एसपी बोहोराका अनुसार दुर्घटनामा स्कुटर चालक नवलपरासीको सुनौल नगरपालिका–१ स्थायी घर भएर अहिले भक्तपुरको लोकन्थली बस्दै आएका २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाँचखान नगरपालिका–२ होस्के घर भएका २३ वर्षीय नितेश नेपालको मृत्यु भएको हो ।

दुर्घटनाका गम्भीर घाइते दुवै जनालाई तत्काल उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । उपचारकोक्रममा चालक पौडेलको बिहान तीन बजे र नेपालको पौने चार बजे मृत्यु भएको हो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version