चितवन , भदौ ६ – भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित मर्स्याङदी आमा समुहले टोलमा रहेका महिलाहरु लाई लक्षित गर्दै तिज बिशेष शुभकामना तथा साधारणसभा कार्यक्रम सम्पन्न गरेको छ । टोलमा रहेका आमा दिदिबहिनीहरु लाई आउदै गरेको तिज लाई अबिस्मरणीय बनाउन अभिभावकत्व गर्दै तिज बिशेष शुभकामना तथा साधारणसभा कार्यक्रम सम्पन्न गरेको हो ।
आज शुक्रबार आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले र बिशिष्ठ अतिथिहरुमा भरतपुर महानगर संघ संस्था समन्वय प्रमुख पन्चमाया तामाङ , वडा सदस्य अमृता गौतम , टोल बिकाश संस्थाका अध्यक्ष कालिमाया गुरुङ रहनु भएको थियो । त्यस्तै अतिथिहरुमा मर्स्याङदी दाजुभाइ कोषका अध्यक्ष प्रकाश सापकोटा ,बौद्ध गुम्बाका अध्यक्ष कल्सिराम गुरुङ , दुरा समाजका अध्यक्ष बिष्णु दुरा ,पत्रकार लक्ष्मण गौतम लगायत रहनु भएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नम्बर ७ अध्यक्ष काफ्लेले टोलमा रहेका आमा दिदी बहिनिहरु लाई तिजको शुभकामना तथा साधारणसभा सफलताको कामना दिदै टोलमा रहेका आम दिदिबहिनिहरु लाई एक जुट हुदै सामाजिक अभियान सरिक रहन आग्रह गर्नु भयो ।
सोही कार्यक्रमा टोलमा रहेका आमा समुहमा आबद्ध सदस्यहरुका यस बर्षको एसईइ परिक्षामा सफल भएका बिद्यार्थीहरु र अभिभावक लाई सम्मान गरिएको थियो । त्यस्तै शुभकामना कार्यक्रममा मौलिक भाखामा तिज गित समेत गाइएको थियो ।
संस्थाका सचिव चन्द्रकला आचार्यले संचालन गर्नु भएको कार्यक्रमको स्वागत कोषाध्यक्ष संगृला आले र अध्यक्षता आमा समुहकी अध्यक्ष कल्पना देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा आमा समुहमा आवद्ध रहेका करिव ८० जना महिला आमादिदी बहिनिको सहभागीता रहेको थियो । कार्यक्रममा मर्यस्याङदी आमा समूह महानगरपालिकामा बिधिबत रुपमा दर्ता भएको पहिलो आमा समूह रहेको जानकारी गराइएको थियो ।
Trending
- सिटिजन लाइफ नारायणगढ टिमहरु द्वारा लिडर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- सिटिजन लाइफ इन्स्योरेन्स द्वारा १२ लाख ३४ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी
- टिकटकर तुलसा अधिकारी पक्राउ
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
