चितवन , साउन २३- राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, भरतपुर महानगर कमिटिले महिलाहरुको महान चार्ड हरितालिका तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । युनियनमा आबद्द भरतपुर महानगर भित्र ब्यबसाय संचालन गर्ने सदस्यहरु सदभाव कायम गर्ने र शुभकामना आदान प्रर्दान गर्ने उदेश्यले कार्यक्रम गरेको हो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का बागमती प्रदेश सदस्य तथा चितवन जिल्ला इन्चार्ज अन्जु गुरुङ प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का चितवन जिल्ला अध्यक्ष पुष्करबाबु त्रिपाठी , राष्ट्रिय सौन्दर्यकर्मी युनियन अध्यक्ष सुष्मा क्षेत्री ,उपाध्यक्ष सिर्जना आचार्य ,सचिव सुमित्रा पोखरेल ,खैरहनी नगर कमिटी अध्यक्ष सिमा आचार्य भट्टराई ,डेकर हर्बल प्रा.लि.का मार्केटिङ म्यानेजर रामचन्द्र रेग्मी लगायत अतिथी रहनु भएको थियो । प्रमुख अतिथी गुरुङले उक्त कार्यक्रममा सहभागीहरु लाई आफ्नो ब्यबसाय सगसगै अगाडी बढाउदै सामाजिक तथा राजनैनिक रुपमा अगाडी बढाउन अनुरोध गर्दै जिफन्ट सधै युनियनको हकहितका लागि प्रतिबद्ध रहेको बताउनु भयो ।
शुभकामना आदानप्रदान कार्यक्रममा युनियनमा आबद्द नयाँ सदस्य लाई सदस्यता प्रमाणपत्र तथा अतिथीहरु लाई मायाको चिनो , प्रशंसा पत्र वितरण गरिएको थियो ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन भरतपुर महानगर कमिटिका उपाध्यक्ष संगिता श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमको सभापतित्व महानगर अध्यक्ष मिरा लामिछाने क्षेत्री र संचालन सचिव उषा श्रेष्ठले गर्नु भएको थियो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version