चितवन , असार ९ – जिवन बीमा क्षेत्रमा अग्रणी कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सले भरतपुरकाे रिजालचाेकबाट विस्तारित सेवा सुरुगरेकाे छ। कम्पनीका कार्यकारी प्रमुख पाेषराज पाैडेलले आज एक समारोहबीच सुविधा सम्पन्न विस्तारित कार्यलयकाे उद्घाटन गरेसँगै सेवा सुरु भएको हाे ।

यसअघि नारायणगढमा रहेकाे साे बीमा कम्पनीकाे कार्यालयलाई थप व्यवस्थित र सर्वसुलभ पहुँच पुर्याउन  भरतपुर काे १० नम्बर वडा स्थित रिजालचाेकमा रहेको एभरेस्ट बैक रहेको भवनमा स्थानान्तरण गरिएको चितवन शाखा प्रमुख गाेकर्ण कार्कीले बताउनुभयो ।

भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष परमेश्वर खनालकाे प्रमुख आतिथ्यता तथा बीमा कम्पनीका उपकार्यकारी प्रमुख दिप बिसि,प्रमुख बजार प्रवन्धक भुषण रिजाल,वित्त प्रमुख गाेपाल पँगेनी, उद्योग बाणिज्य सँघ नाराउणगढका कार्यसमिति सदस्य शँकर अधिकारी, स्मल हेभवका प्राचार्य बिमलकुमार क्षेत्रीका साथै कम्पनीका विभिन्न जिम्मेवारी तथा याेग्यतामा रहेका लिडरहरुकाे उपस्थिति रहेको थियो । विस्तारित कार्यालय उद्घाटन कार्यक्रममा वडा अध्यक्ष खनालले सँसारका धेरै राम्रा प्रविधिहरु सजिलै भित्रीय पनि अझैपनी जिवन बीमा जस्तो अनिवार्य विषयले ले नेपालमा आवश्यक महत्त्व र चर्चा नपाएको उल्लेख गर्दै आफ्नाे क्षमता र आवस्यकताले भ्यायसम्मकाे जीवन बीमा गर्नुपर्ने बताउनुभयो । वहाँले जीवन बीमा जिउँदो छँदा तागत र मृत्युु पस्चात सन्तानका लागि राहत हुने भएकाेले नियमित बचत गर्न समेत बीमा अनिवार्य भएकाे बताउनुभयो ।

कम्पनीका प्रमुख पाैडेलले पैसा नभै मर्न र लास उठाउन समेत नपाउने भएकाे प्रसङ्ग उल्लेख गर्दै बिरामी पर्नासाथ परिवारले अस्पताल पुर्याउने र अस्पतालले ८-१० दिन आइसियू र भेन्टिलेटरमा राखेपछि मृत्युु भएपनि ५-७ लाख बील तिरेर लास निकाल्न समेत उमेर र आम्दानी छँदै जीवन बीमा गरेर बाँच्दासम्म आफ्नु सुरक्षा र मृत्यु पस्चात सन्तानको सहजताका लागि जीवन बीमा अनिवार्य रहेकाे चर्चा गर्दै यसका लागि सिटिजन लाइफ इन्स्योरेन्स उत्तम रहेकाे बताउनुभयो ।

चितवन र आसपासका धेरै मानिसहरुकाे जीवन बीमा गराएकाे सिटटजन लाइफकाे  भरतपुर स्थित नारायणगढ शाखाले सुविधा सम्पन्न भवनमा कार्यालय विस्तार गरेसँगै व्यवसायीक प्रगतिहुने अपेक्षा गरिएको कम्पनीका कार्यकारी प्रमुख पाैडेलले बताउनु भयो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version