काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भीसा प्रकरणमा छानबिनका लागि सरकार तयार भइसकेको दाबी गरेको छ । माओवादी सांसद वर्षामान पुनले आज संसद वैठकमा बोल्दै सो दाबी गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद अवरोध जारी राख्दा माओवादीले सत्तापक्षसँग दुई बुँदे सम्झौता गरेको थियो । उक्त सम्झौतापछि माओवादी संसदीय प्रक्रियामा सहभागी भएको छ । आज सरकारले ल्याएको बजेटका विषयमा बोल्न वर्षामान रोष्टममा उक्लिए ।

रास्वपा सांसदहरुको नाराबाजीबीच नै उनले बजेटमाथि टिप्पणी गरे । त्यसभन्दा पहिले संसद अवरोध खुलाएकोबारे पार्टीका तर्फबाट प्रष्टिकरण दिए ।

नेता पुनले एक महिनाभित्र सरकारले भिजिट भिसाको छानविनका लागि संरचना बनाउने प्रतिवद्धता जनाएको बताए । प्रतिपक्षका माग ‘एक ढंगले सम्बोधन भइसकेको’ भन्दै उनले रास्वपाका सांसदहरुलाई पनि संसदीय प्रक्रियामा भाग लिन अनुरोध गरे । राप्रपालाई भने केही पनि भनेनन् ।

पुनले संसद खोल्ने सम्झौता गर्दा पूर्वसभामुख अग्नी सापकोटाविरुद्धको मुद्दाबारे कुनै लेनदेन नगरिएको पनि बताए ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version