चितवन, जेठ ३०–

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भरतपुर र महालक्ष्मी ड्राईभिङ सेन्टरमा छापा मारेको छ ।

अख्तियारको टोलीले यातायात व्यवस्था कार्यालयका सहायक (पाँचौं) ईन्द्रजित गुरुङको कार्यकक्षबाट एक लाख पचासी हजार रुपैयाँ नगदसहित निज ईन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठक समेतलाई यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनको कार्यालय परिसरबाट नियन्त्रणमा लिईएको अख्तियारको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । यातायात कार्यालय प्रमुख विष्णु भट्टराई तथा अन्य कर्मचारीहरु र विभिन्न ड्राइभिइ सेन्टरका संचालकहरुको बिद्युतिय उपकरण मोबाइल थान–३१ भन्दा बढी, ल्याप्टप थान–२ र अन्य कागजातहरुसमेत नियन्त्रणमा लिइएको प्रवक्ता पौडेलले बताए ।

यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनका कार्यालय प्रमुख एवं कर्मचारीहरु र महालक्ष्मी ड्राईभिङ सेन्टर, गुरुङ ड्राईभिङ सेन्टर र कुमार ड्राईभिङ सेन्टर लगायतको मिलेमतोमा यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनबाट संचालन भएको सवारी चालक अनुमति पत्रको परीक्षा संचालन गर्दा फेल भएका परीक्षार्थीहरुबाट बिभिन्न वर्गका सवारी चालक अनुमति पत्र दिनका लागि वर्ग अनुसारको १५ हजारदेखी २५ हजारसम्म रकम लिई फेल भएका प्रशिक्षार्थीलाई पास गराई कानून विपरित रकम संकलन गरी भ्रष्टाचार गर्ने गरेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले छापा मारेर अनुसन्धान सुरु गरेको हो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version