पहलगाम आतंकवादी हमलाको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा ‘अपरेशन सिन्दूर’ सुरु गरेको छ। जसअन्तर्गत नौ स्थानमा हवाई हमला गरिएको छ। 

बुधबार मध्यरातमा बहावलपुर, मुरिदके, कोटली, मुजफ्फराबादलगायत क्षेत्रमा भारतले हमला गरेको हो। हवाइ आक्रमणमा जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबाका मुख्यालय ध्वस्त पारिएको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन्। पाकिस्तानले आम सर्वसाधारणलाई लक्षित गरेर आक्रमण गरिएको आरोप लगाएको छ। स्थानीय रिपोर्टअनुसार बहावलपुरमा ३० जनाको मृत्यु भएको समाचार दैनिक भास्करले लेखेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर अपरेशनको निगरानी गरेको जनाइएको छ। 

पाकिस्तानले हमलामा ८ सर्वसाधारणको मृत्यु र ३५ जना घाइते भएको बताएको छ। साथै पाँच भारतीय लडाकु विमान खसालेको समेत उल्लेख गरेको छ। पाकिस्तानको पञ्जाब प्रान्तमा आज विद्यालय बन्द गरिएको छ। मस्जिदहरूलाई निशाना बनाइएको आरोप पाकिस्तानको छ। पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले भारतले आवासिय क्षेत्रमाथि आक्रमण गरेको बताए। प्रधानमन्त्री शाहबाज शरीफले ‘निर्णायक जवाफ’ दिने बताएका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनापछि शान्तिपूर्ण समाधानको आशा व्यक्त गरेका छन्। विदेशमन्त्री मार्को रुबियोले पनि दुवै देशसँग सम्पर्कमा रहेको बताए। यी हमलाहरू पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी हमलाको जवाफमा गरिएको हो। उक्त आक्रमणमा एक नेपालीसहित २८ पर्यटकको मृत्यु भएको थियो। एजेन्सी

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version