काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्।

जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनी पक्राउ परेका हुन। पार्टी एकताका लागि काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा तयारी भइरहँदा प्रहरीले उनलाई सोही स्थानबाट नियन्त्रणमा लिएको हो।

हाल चौधरीलाई डिल्लीबजार कारागारमा राखिएको जनमतका अध्यक्ष सीके राउतले बताएका छन्।

‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ। यसको हामी घोर भर्त्सना गर्दछौं। यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं,’ राउतले सामाजिक सञ्जालमा लेखेका छन्।

२०७२ भदौमा भएको टीकापुर नरसंहारको आरोपमा चौधरीले जन्मकैदको सजाय पाएका थिए। उनलाई नेपाल सरकारको सिफारिसमा तत्कालिन राष्ट्रपति विद्या भण्डारीले २०८० सालको गणतन्त्र दिवसका दिन आममाफी दिएकी थिइन्।

आममाफी पाएपछि उनी जेठ १५ मा डिल्लीबजार कारागारबाट संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार रिहा भएका थिए।

रिहा भएपछि भोलिपल्टै टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी इन्स्पेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले उनको रिहाइविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version