काठमाडौँ जारी शिक्षक आन्दोलनमा सहभागिता जनाएर फर्किएका शिक्षक सबार प्र. १ –०१–००१ ख ४२३५ न को यात्रुबाहक बस दुर्घटनामा परेको छ । काठमाडौँ बाट झापाको काकडभिट्टा जाँदैगर्दा झापाको दुधे माइधार सडक खण्डको मिलन चोकमा आज शनिबार बिहान ४ः४० बजे उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा परि मेचीनगरका १३ जना शिक्षक सहित २३ जना यात्रु बसमा रहेको जनाइएको छ ।
बसमा सबार यात्रुहरुलाई समान्य चोटपटक लागेको तथा दुर्घटनामा घाइतेहरुको बिर्तामोड स्थित बीएण्डसी र बिर्तासिटी हस्पिटलमा उपचार भईरहेको तथा सबै घाइतेहरू हाल खतरामुक्त रहेको जनाइएको छ ।