चितवन, बैशाख ४ – भरतपुरमा बनेको सिक्स लेन सडकमा आज एमालेको युवा संघले मोटरसाइकल र्याली निकालेको छ ।

राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीको आयोजनामा गोन्द्राङ्देखि पुल्चोकसम्म आज दिउँसो २ः३० बजेबाट मोटरसाइकल र्याली निकालिएको हो ।

गोन्द्राङ्बाट सुरु भएको र्याली चौबिसकोठी, शहिद चोक हुँदै पुल्चोक पुगेर पुनः चौबिसकोठीमा आएर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठक र निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपानेले संवोधन गरे ।

कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाठकले भरतपुरको सिक्स लेन सडक केपी शर्मा ओलीले बनाएको बताउँदै यसमा रेनु दाहालले जस लिनका लागि भ्रम छरिरहेको बताए । देशभरका राजमार्ग विस्तार गर्ने राष्ट्रिय योजना अन्तर्गत भरतपुरको पुल्चोक गोन्द्राङ् सडकखण्ड विस्तारको कामलाई तत्कालीन ओली नेतृत्वको सरकारले अघि बढाएको उनले बताए । संघीय सरकारको बजेटमा संघ अन्तर्गतको कार्यालय सडक डिभिजन भरतपुरमार्फत सडक विस्तार गरिएकाले यसमा स्थानीय सरकारले जस लिन कुनै ठाउँ नै नरहेको उनले बताए ।

भोलि नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको उद्घाटन साथै भरतपुरको सिक्स लेन सडकको उद्घाटन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेकाले दुबै कार्यक्रमको प्रचार र प्रधानमन्त्रीको स्वागतका लागि मोटरसाइकल र्याली निकालिएको राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीका अध्यक्ष राम कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीले र्यालीमा सहभागि हुने सम्पूर्ण नेता कार्यकर्ताहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version