काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति काठमाडौंको झोरबाट ठूलो परिमाणको विभिन्न देशका मुद्रा बरामद गरेको छ ।

सो कार्यालयका नायव उपरीक्षक (डीएसपी) अनिल घिमिरेको कमान्डको टोलीले काठमाडौंबाट चीनको केरुङ जाने तयारीमा रहेको ना१ख १६५२ नम्बरको ट्रकबाट २५ करोड रुपैयाँबराबर रकम बरामद गरेको प्रहरी स्रोतको दाबी छ । प्रहरीले सो ट्रकसहित एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामा कुसाङ लामा रहेका छन् । उनी सो ट्रकका चालक हुन् ।

प्रहरी स्रोतका अनुसार, बरामद गरिएको रकममा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत छन् । सो ट्रकलाई अहिले टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको कार्यालय परिसरमा राखिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले केहीबेरमा घटनाको बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ । बरामद रकम अवैध सुन कारोबारीको हुन सक्ने प्रहरी स्रोतको दाबी छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version