चितवन , चैत २ – भरतपुर महानगरपालिका विभिन्न वडामा रहेका भुमिहिन दलित र सुकुम्बासीलाई आइतबार जग्गा धनी  दर्ता प्रमाण पत्र (लालपुर्जा )वितरण गरिने भएको छ । सोही कार्यक्रमको जानकारी दिन आज भरतपुर ११ वडा कार्यलयले पत्रकार सम्मेलन गर्दै जग्गा धनी दर्ता प्रमाणपत्र लालपुर्जा वितरण गरिने विषयमा जानकारी दिएको हो ।

वडाभित्र बसोबास गर्ने ११६ परिवारलाई जग्गा धनी प्रमाण लालपुर्जा वितरण गर्न लागेको वडा अध्यक्ष कमल बहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार लालपुर्जा वडाका चार ओटा टोलहरु नवज्योति, शिद्वार्थ, कैलाश र जखडी माईका ११६ परिवारलाई वितरण गर्न लागिएको हो ।

भोलि बिहान ११ बजे एनपिआइ कलेजमा भरतपुर महानगरपालिकाको आयोजना तथा भुमी समस्या समाधान आयोग ले कार्यक्रमगरि लालपुर्जा वितरण गर्न लागिएको आज पत्रकार सम्मेलनगरि वडा कार्यलयले जानकारी दिएको छ । पहिला निस्सा पाएका परिवारलाई अहिले लाल पुर्जा (रातो पुर्जा) दिन लागिएको मल्लले बताउँनुभयो ।

भरतपुर-११ मा कुल भुमिहिन सुकुम्बासी ६७३, भुमिहिन दलित २७२ र अव्यवस्थित बसोबासी ७०२ जना रहेका छ्न । भोलि नै चितवन जिल्लाका विभिन्न स्थानका भुमिहिन दलित र सुकुम्बासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा बितरण गरिने भएको हो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version