चितवन , फागुन १७ – नेकपा एमाले भरतपुर ७ वडा कमिटीले आज शनिबार वाट बिस्तारित बैठक सगै पुराना जगाउ नयाँ बनाउ अभियान एबम प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
एमालेले देशभर रहेका नेता कार्यकर्ताहरु लाई प्रशिक्षण दिने उदेश्यले सुरु गरेको तीन महिने जरा अभियान लाई पुर्णता दिन भरतपुर ७ ले पनि बिस्तारित बैठक सगै अभियान संचालन गरेको हो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य कृष्णभक्त पोख्रेल प्रमुख अतिथी रहनु भएको थियो भने प्रदेशकमिटी सदस्य तथा भरतपुर महानगर इन्चार्ज राम प्रसाद न्यौपाने , एमाले जिल्ला उपाध्यक्ष श्याम कुमार बिष्ट , जिल्ला सचिब प्रकाश ढुंगाना लगायतको सहभागिता रहेको थियो ।
प्रमुख अतिथी पोख्रेलले एमाले लाई घेराबन्दीमा पार्न खोजिएको बताउदै एकथरी मान्छेहरु गाउँ गाउमा भ्रम फैलाउदै हिडने गरेकाले उनिहरु बिरुद्ध एकजुटु भै प्रतिकार गर्नु पर्ने बताउनु भयो । उहाँले अभियानका बारेमा जानकारी गराउदै नेता कार्यकर्ताहरुले राखेका जिज्ञासाका बारेमा प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रममा प्रदेशकमिटी सदस्य तथा भरतपुर महानगर इन्चार्ज राम प्रसाद न्यौपाने , एमाले जिल्ला उपाध्यक्ष श्याम कुमार बिष्टले अभियानको सफलताको शुभकामना दिनु भएको थियो । नेकपा एमाले भरतपुर ७ का नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ७ इन्चार्ज राजु पौडेलको सभापतित्वमा सम्पन्न भएको हो ।
Trending
- रवि-बालेनले सुधनलाई भनेका थिए : हटाउनुभन्दा आफैं मार्ग प्रशस्त गरिदिनू
- गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
- अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको नेतृत्वमा शिवजी गायक पुनः निर्वाचित
- सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता
- होर्मुज जलघाँटी खोल्ने घोषणापछि तेलको मूल्यमा तीव्र गिरावट, शेयर बजारमा पनि उतारचढाव
- धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले दिए राजीनामा, हिमालयन सेक्युरिटिजलाई स्पष्टीकरण
- मर्स्याङदी टोल बिकास संस्था द्वारा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न
- यात्रुबाहक बसको ठक्करबाट युवतीको मृत्यु
