चितवन , फागुन ७ – सविक अयोध्यापुरी माडी भरतपुर सम्पर्क समाजको अध्यक्षमा पुन : सुरेन्द्र कुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । आज माडीको पर्यटकिय तथा धार्मिक क्षेत्र बैकुण्ठधाम परिसरमा भएको संस्थाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन बाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष लोकराज सापकोटा , सचिव राम प्रसाद भण्डारी , कोषाध्यक्ष सीता सुवेदी र सहसचिव गणेश गुरुङ तथा सदस्यहरुमा त्रिलोचन सुवेदी , राधा गौतम पौडेल ,श्याम बहादुर बिक र नारायणी त्रिपाठी निर्बिरोध चयन हुनु भएको हो । त्यसैगरी साधारणसभाले नवराज गौतमको संयोजकत्वमा दिनेश पन्त र गिता लम्साल सदस्य रहेको लेखा समिती समेत चयन गरेको छ ।
कार्यक्रममा साविक अयोध्यापुरी माडीका गाउँ बिकाश समितिका अध्यक्ष नारदमणी पौडेल प्रमुख अतिथी तथा जनजीवन माबीका पुर्व प्रधानध्यापक शोभाकर गौतम , सामाजिक अगुवा लोकराज अधिकारी , शैक्षिक ब्याक्तित्व प्रेमहरी सुवेदी लगायत अतिथी रहनु भएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष पशुपति गौतमले आर्थिक प्रतिवेदन तथा समाजले हाल सम्म भए गरेका काम र आगामी कार्यदिशाका बारेमा अध्यक्ष श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अधिवेशनमा सहभागी लाई समाजकी उपाध्यक्ष गिता लम्सालले स्वागत गर्नु भएको कार्यक्रमको संचालन राम प्रसाद भण्डारी र अध्यक्षता सुरेन्द्र कुमार श्रेष्ठ गर्नु भएको थियो । अधिवेशनमा समाजमा आबद्द एक सय सदस्यहरु सहभागी रहेका थिए ।
Trending
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
