चितवन , माडी ,माघ २४ – नेकपा एमाले माडी नगर कमिटिको तेश्रो अधिवेशन आउँदो २६ र २७ गते माडीको बसन्तपुरमा हुने भएको छ ।
नेकपा एमाले माडी नगर कमिटीले आज माडीमा पत्रकार सम्मेलनको आयोजना गरि आउदै गरेको नगर अधिवेशनको तयारी का बिषयमा जानकारी गराएको हो ।
माडीको बसन्तपुर बजारस्थित पार्टी कार्यालयमा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नगर अध्यक्ष नारायण अधिकारीले नगर अधिवेशनको तयारी ९५ प्रतिशत सकिएको र अधिवेशनमा माडी क्षेत्र बाट २०८ जना प्रतिनिधिहरु चयन भइसकेको जानकारी दिनु भयो ।
बसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभाहलमा उद्घाटन र माडी क्याम्पसको सभाहलमा बन्दसत्र सञ्चालन हुने अधिवेशनमा खुलातर्फ ३७, महिलाबाट २९, युवाबाट १७, उत्पीडित समुदायबाट १६, जनवर्गिय संगठनहरुबाट २४, मनोनित १० र हालको नगर कमिटिका सबै ७५ जना गरी २०८ जना प्रतिनिधि तथा पर्यवेक्षकहरु नगर सम्मेलनमा सहभागी रहने अध्यक्ष अधिकारीले बताउनु भयो ।

गत माघ ५ गते बसेको नगरको बिस्तारित बैठकले नगर अधिवेशन सम्पन्न गर्न विभिन्न समिती र उपसमिति गठन गरि काम लाई ब्यबस्थित गरिएको उहाँले जनाउनु भयो ।

नगर अधिवेशनमा पार्टीका स्थायी समिति सदस्य भानुभक्त ढकालको प्रमुख आतिथि , विशिष्ट अतिथि चितवन जिल्ला ईञ्चार्ज देवी ज्ञवाली आउने र कार्यालयमा भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजाल लगायतका नेताहरुको सहभागीता रहने जनाइएको छ ।

नगर अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा आज भएको पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य यमबहादुर परियार ‘ईन्द्रजित’, चितवन जिल्ला उपाध्यक्ष श्यामकुमार बिष्ट, जिल्ला सदस्य एवं माडी नगरप्रमुख ताराकाजी महतो लगायतका नेता कार्यकर्ताहरुको सहभागी रहेको थियो । कार्यक्रम अधिवेशन प्रचार प्रसार उपसमिति संयोजक कृष्णराज अधिकारीले संचालन गर्नुभएको हो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version