गैंडाको आक्रमणमा परी माडी–३, धोबाहामा एकजनाको मृत्यु भएको छ भने तीजना घाइते भएका छन् । बच्चा सहितको गैंडाले आक्रमण गर्दा माडी-३, बैराँठ निवासी अन्दाजी बर्ष ५० का छबिलाल बोटको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै सोही गाउँ निवासी कृष्ण महतो घाइते हुनुभएको छ । गैंडाले खुट्टामा कुल्चँदा उहाँको खुट्टा भाँचिएको छ । यो समाचार तयार पार्दासम्म उहाँलाई उपचारका लागि बघौंडा अस्पतालमा ल्याइएको छ ।

सोही गैंडाकै आक्रमणबाट अन्य दुईजना, माडी ३, बैराठ गाउँकै राजु बोट र हेमराज महतो सामान्य घाइते हुनुभएको छ । धोबाहा गाउँमा रिउ नदी पारीपट्टी काँसघारीमा भैंसी चराउन जाँदा उहाँहरुमाथि गैंडाले आक्रमण गरेको हो । घटनाको थप विवरण अर्को पोष्टमा । (फोटो: घटनास्थलमा रहेको शव)

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version