सुदीप थापा
कात्तीक २७

 ठोरी क्षेत्रमा शिखर ईन्योरेन्स माडी शाखाले पुनं कृषी पशु सहित समग्र निर्जीबन  घुम्ती बिमा कार्यक्रम संचालन गर्ने भएको छ । बिगत ३ बर्षबाट संचालन गर्दै आईरहेको कृषी , पशु तथा समग्र निर्जीबन बिमा यो पटक पनी संचालनमा ल्याउन लागीएको माडी शिखर ईन्योरेन्सका बजार बिभाग प्रमुख कमल थापाले जानकारी दिए । ठोरी र बादरझुला क्षेत्रमा हामी घुम्ती बिमा यही मंसीर ५  गते देखी  १० गते सम्म संचालन गर्न लागीएको जानकारी  दिए ! आर्थिक बर्ष ०८०/०८१ मा शिखर इन्स्योरेन्स कम्पनी लि. माडी शाखा बाट पशु बिमा अन्तर्गत  ठोरी गाउँपालिका भित्र बिमा गरिएका ७५ जना बिमित मध्ये ९ जना बिमितले पशु दाबी भुक्तानी पाउनु भएको छ जस्को बिवरण मनोज कलवार- बाख्रा(१) , रबिना सापकोटा-गाई(२) , लाल बहादुर तिमिल्सिना-बाख्रा(१) , लिला प्याकुरेल-बाख्रा(२) , गोबिन्द बहादुर थापा-गाइ(१) , बिष्णु कुमारी प्याकुरेल-भैंसी(१), .दिब्येश्वरी बस्नेत-गाइ(१) , रहर सिं जिम्बा-बाख्रा(१) , झंक बहादुर ढुङ्गेल-गाई(१) ले बिमा बापतको  ५ लाख ३२ हजार भुक्तानी लिई सकेको र केही भुक्तानी प्रकृया रहेको उनले जानकारी दिए  ।
Share.
Leave A Reply

Exit mobile version