कटारी नगरपालिका–१०, सोरुङछबिसेमा एकै घरका आमा–छोरा मृत फेला परेको ७२ घण्टा बितिसक्दा पनि मृत्युको कारण पत्ता लाग्न सकेको छैन। बिहीबार बिहान स्थानीय अशोक थापाकी ३७ वर्षीया श्रीमती निर्मला थापा र ६ वर्षीय छोरा आरुस आफ्नै पसलमा विभत्स अवस्थामा मृत भेटिएका थिए।

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार, निर्मला र आरुस बुधबार राति घरबाट ३ सय मिटर टाढा रहेको वडा कार्यालय नजिकै रहेको आफ्नो किराना तथा चटपटे पसलमा सुत्न गएका थिए। स्थानीयका अनुसार सँधै पसल बन्द गरेर घरमै फर्कने गरेका उनीहरु सो दिन तीजको दर खाने दिन भएकाले उनीहरू पसलमै सुतेका थिए।

बिहान स्थानीयहरु पसल आउँदा सुनसान देखिएपछि खोजी गर्दा उनीहरु मृत भेटिएका थिए। लगतै स्थानीयले प्रहरीमा खबर गरे। वडाध्यक्ष खड्काका अनुसार उनीहरुको शव रगतले लत्पतिएको अवस्थामा थियो।

निर्मलाको घाँटीमुनि धारिलो हतियारले ८-९ पटक धारिलो हतियार प्रहार भएको र छोरा आरुसको घाँटी छिन्न मात्र बाँकी रहने अवस्थामा भेटिएको उनले सुनाए।

‘घटना अत्यन्त डरलाग्दो देखिन्छ, आमालाई पटकपटक धारिलो हतियार प्रहार गरी विभत्स रुपमा मारिएको देखिन्छ’ खड्काले भने ‘प्रकृति हेर्दा उनीहरुको कसैले हत्या गरेको अनुमान लगाउन गाह्रो छैन।’ उनका अनुसार अरु दिन मूल घर गएर सुत्ने उनीहरु त्यो दिन पसलमै किन सुते भन्ने पनि रहस्यकै विषय छ।

जिल्ला प्रहरी कार्यालयले घटनास्थलको अनुसन्धान भइरहेको जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी हरिनाथ योगीले डिएसपी राजन चापागाई नेतृत्वमा अनुसन्धान टोली गठन गरी घटनास्थल पठाइएको बताए। उनले घटना विभत्स र रहस्यमयी भएकाले सूक्ष्म अनुसन्धान भइरहेको सुनाए।

जिल्ला प्रहरी कार्यालयमा सूचना अधिकारीसमेत रहेका डिएसपी चापागाईले आफू घटनास्थलमै रहेर स्थलगत अनुसन्धान गरिरहेको बताए। अनुसन्धान भइरहेको तर, हालसम्म केही तथ्य पत्ता लाग्न नसकेको बताउँदै उनले छिट्टै अपराधीसम्म प्रहरी पुग्ने अपेक्षा गरे।

घटना भएलगत्तै पुगेको इलाका प्रहरी कार्यालय कटारीका इन्स्पेक्टर उमेश महतो नेतृत्वको टोली भने शव लिएर फर्किसकेको छ।

घट्नाको सर्जमिन मुचुल्का उतारी फर्केका इन्स्पेक्टर महतोले दुवैको शव कटारी अस्पतालमा पोष्टमार्टम गरी शुक्रबार आफन्तको जिम्मा दिइएको बताए।

भारतमा रहेका मृतकका श्रीमान् अशोक थापाले आफू नेपाल आइपुग्न ३/४ दिन लाग्ने भएकाले श्रीमती र छोराको अत्यष्ठि गरिराख्न भने अनुसार कटारीस्थित तावा खोलामा शुक्रबार दिउँसै शव विसर्जन गरेको वडाध्यक्ष खड्काले बताए।

तीजको रमझमका बेला भएको अप्रिय घट्नाले स्थानीयवासी शोकमग्न भएका छन्। वर्षदिनको चाड त्यसमाथि तीज जस्तो महिला प्रधान चाडमा एउटी महिला र अबोध बालकको विभत्स हत्या हुनुले पुरै गाउँ शोकमग्न भएको छ।

एक स्थानीयले भने “नाबालक आरुसले भोलि खसी काटेर दर खानुपर्छ है मामु’ भनेका थिए तर, भोलि हुन नपाई संसार त्याग्नु पर्ने अवस्था सृजना गर्ने अपराधीलाई पत्ता लगाएर कानुनी कारबाही गर्नुपर्छ।”

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version